सिरहा — जिल्ला प्रहरी कार्यालय सिरहाले सुखीपुर नगरपालिका–४ पोखरियाबाट सात क्विन्टल १७ किलो प्रतिबन्धित लागूऔषध गाँजा बरामद गरेको छ।
गोप्य सूचनाका आधारमा शुक्रबार बिहान स्थानीय मेदी यादवको घरमा छापा मार्दा लुकाइ छिपाइ राखिएको २७ वटा प्लास्टिकको पोका गाँजा बरामद भएको प्रहरीले जनाएको छ।
तर, घरधनी मेदी यादव भने फरार छन् र उनको खोजी भइरहेको प्रहरीले जनाएको छ। यस घटनासम्बन्धी थप अनुसन्धान जारी रहेको छ।
प्रहरीका प्रवक्ता डीएसपी वीरेन्द्रकुमार पासवानका अनुसार लागूऔषध नियन्त्रणमा यो ठूलो सफलता मानिएको छ र लागूऔषधसम्बन्धी अपराध नियन्त्रणका लागि थप कदम चालिने जानकारी दिएका छन्।