पवन कुमार सहनी
कटहरी , २२ जेठ
मोरङको कटहरी गाउँपालिका वडा नम्बर ४ लोहन्द्र घाट निवासी २९ वर्षीय मनोज यादवको करेन्ट लागेर मृ*त्यु भएको छ।
आजै बिहान घरको आर्थिक अवस्था सुधार्न सिटी रिक्सा चलाउन विराटनगरको हाटखोलामा गएका मनोजको सिटी सफारी चार्ज गर्ने क्रममा करेन्ट लागी घटनास्थलमै मृ*त्यु भएको हो।
मनोज सिटी सफारी मालिक कपिल यादवसँग मिलेर रिक्सा चलाउन गएका थिए। चार्ज गर्ने क्रममा लापरवाही वा विद्युत उपकरणमा समस्या भएको आशंका गरिएको छ।
घटना सम्बन्धी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।