काठमाडौँ — भिजिट भिसा प्रकरणमा निरन्तर संसद् अवरोध गर्दै आएका रास्वपा र राप्रपाका नेताहरूसँग सभामुख देवराज घिमिरेले मंगलबार छलफल गरेका छन्। छलफलमा कानूनमन्त्री अजयकुमार चौरसिया, रास्वपा कार्यवाहक सभापति डीपी अर्याल र राप्रपा उपाध्यक्ष बुद्धिमान तामाङ सहभागी थिए।
सभामुख घिमिरेले संसद् सञ्चालनमा अवरोध भएकोप्रति चिन्ता व्यक्त गर्दै संसद् चलाउन सरकार र विपक्षी दलबीच संवादको आवश्यकता औंल्याए।
कानूनमन्त्री चौरसियाले सरकारले छानबिन समिति गठन गरी काम अघि बढाएको बताउँदै विपक्षीसँग पनि छलफल भइरहेको बताए।
तर, रास्वपा र राप्रपाले सरकारले गम्भीर मुद्दा सम्बोधन नगरेको र छानबिन समितिको काम संसद्मा स्पष्ट नभएको भन्दै असन्तुष्टि जनाए।