मिलन काफ्ले

पाल्पा, ११ असार

परम्परागत तथा रैथाने वालिकाे संरक्षण तथा प्रबर्द्धन गर्ने उद्यस्यले पाल्पा स्थित रम्भा गाउपालिकाकाे अार्थिक सहयाेगमा,रम्भा गाउपालिका ४ नं वडाकाे- मार्सिडांडामा १ दिने प्रथम काेदाे राेपाई महाेत्सव सम्पन्न भयकाे छ।


महाेत्सवका प्रमुख अतिथि रम्भा गाउपालिकाका अध्यक्ष बिष्णु प्रसाद भण्डारीले गाउपालिकाले बिगत बर्षदेखि नै अाफ्नाे नीति तथा कार्यक्रम मार्फत परम्परागत तथा लाेपन्मुख रैथाने वालिहरू – काेदाे ,अदुवा, बेसार,पिंडालु,फापर अादिकाे संरक्षण- संबर्धन, प्रसाेधन-प्रबर्धन, बिभिदिकरण तथा बजारिकरण गर्नुका साथै कृषकहरूलाई पेसाप्रति अाकर्षण तथा उत्प्रेरणा जगाउने नीति अनुसार कार्यक्रमकाे अायाेजना गरियकाे बताउनुभयाे।


कार्यक्रमका विशिष्ट अतिथि गाउपालिका उपाध्यक्ष राधा कुमारि श्रेष्ठले ले काेदाे वालिमा प्रसस्त पाैस्टिक तत्व मात्र नभइ अाैषधिय गुण समेत रहेकाले यसलाई हाेलाकाे खेतिकाे रूपमा लिईयतापनि,यसकाे महत्व दिनानुदिन बढ्दै गयकाे बताउनुभयाे।


स्थानिय मार्सिडांडा महिला समुहकाे ब्यबस्थापनमा ,करिव १० राेपनि बारिमा काेदाे राेपाइ गरियकाे हाे। मादल ,खैजडिकाे तालमा राेपाई सम्बन्धि गित गाउदै रमाईलाे बातावरणमा महाेत्सव चलेकाे थियाे भने पाहुनाहरूलाई काेदाेकाे विभिन्न परिकार बनाई अकर्षक खाजाकाे ब्यबस्था गरियकाे थियाे।


गाउकार्यपालिका सदस्य भाेज बहादुर विश्वकर्मा ,बिमला जि . अार ,नानू कुमारि गन्धर्व , वडा सदस्य बिष्णु माया पाैडेल,बेनि दिशा लगायतले शुभकामना दिनुभयकाे कार्यक्रम, कृषि प्रबिधिक नबिना गैरे काे संचालन तथा वडा अध्यक्ष कृष्ण बहादुर रायमाझिकाे अध्यक्षतामा सम्पन्न भयकाे हाे।
स्थानिय महिला ,युवा,जेष्ठ नागरिकहरूकाे समेत उत्साहपुर्ण सहभागिता रहेकाे महाेत्सब अायाेजना गरेकाेमा खुसि ब्यक्त गर्दै अागामि दिनमा पनि गाउपालिकाले यस्ता कार्क्रमलाई निरन्तरता दिनुकासाथै कृषकहरूलाइ ब्यबसायिक बनाउन अझै थप सहयाेग गर्नुपर्ने स्थानिय महिला समुहकि अध्यक्ष यम कुमारि सुर्यबंशिले बताउनुभयकाे थियाे।

0
0

By Dev

Leave a Reply

Your email address will not be published. Required fields are marked *