मोरङ्ग | रङ्गेली क्षेत्रका स्थानीयले लगातार रातको समयमा बिना सूचना विद्युत सेवा अवरुद्ध हुने समस्याविरुद्ध रङ्गेली विद्युत प्राधिकरणलाई ज्ञापनपत्र बुझाएका छन्। अत्यधिक गर्मीका बीच बारम्बार लाइन काटिने समस्याले आजित बनेका स्थानीयले मंगलवार प्राधिकरण कार्यालयको प्रमुख पंकज गोयतलाई ज्ञापनपत्र बुझाउँदै तत्काल सुधारको माग गरेका हुन्।

स्थानीय लक्ष्मीप्रसाद मेहताले भने, “राति असह्य गर्मीमा सुत्नै नसक्ने अवस्था हुन्छ। इन्भर्टर भए पनि त्यसले सबै पंखा र एसी चलाउन सक्दैन। झन् रिस उठ्ने कुरा त केहो भने हाम्रो घरमा लाइन हुँदैन, तर छेउकै घरमा बत्ती बलिरहेको हुन्छ। यस्तो असमान व्यवहार किन?”

यस्तै अर्का स्थानीय कमलेश कुमार साहले प्राधिकरणको जवाफप्रति असन्तुष्टि जनाउँदै भने, “फोन गर्दा एकले अर्काे कर्मचारीको नम्बर दिन्छ, त्यो फोन गर्दा लाइन आउँछ, फेरि केही बेरमै जान्छ। फेरि फोन गर्दा फोन उठ्दैन। झुटा जानकारी दिइन्छ। हाम्रो बस्तीमा बत्ती हुँदैन, तर छेउका बस्तीहरूमा बलिरहेको हुन्छ भने लाइन सबैको किन काटिँदैन?”

रातभर बत्ती नआउँदा बालबालिका समेत सुत्न नसक्ने अवस्था आएको स्थानीयहरूले बताएका छन्। “नानीबाबुहरू भोकै–निन्द्रा सुत्न सकेनन्। बाध्य भएर घरबाहिर खाट राखेर हाते पंखा चलाएर रात कटाउनुपर्यो,” एक स्थानीयको भनाइ थियो।
प्राधिकरण प्रमुखको जवाफ
ज्ञापनपत्र बुझ्दै रङ्गेली विद्युत प्राधिकरणका प्रमुख इन्जिनियर पंकज गोयतले स्थानीयको गुनासोलाई गम्भीर रूपमा लिएको प्रतिक्रिया दिएका छन्।
उनले भने, तपाईंहरूले राख्नुभएको कुरा साँचो र यथार्थ हो, र मैले अहिले नै सम्बन्धित क्षेत्रका इन्जिनियर र इन्चार्जलाई तत्काल समस्या पत्ता लगाई समाधान गर्न निर्देशन दिइसकेको छु।
उनका अनुसार, सो क्षेत्रमा ठूलो समस्या नभए पनि प्रविधिक रूपमा फ्युज बारम्बार डाउन हुने प्रवृत्तिका कारण लाइन काटिन बाध्य हुनुपरेको हो।
रातको समयमा लाइन जाने र गर्मीमा नागरिकलाई सास्ती हुने अवस्था हामीलाई समेत दुःखद लाग्छ। हामी सेवाग्राहीलाई अप्ठ्यारोमा पार्ने पक्षमा कहिल्यै छैनौं। तपाईंहरूले राख्नुभएको कुरा साँचो र यथार्थ हो, र मैले अहिले नै सम्बन्धित क्षेत्रका इन्जिनियर र इन्चार्जलाई तत्काल समस्या पत्ता लगाई समाधान गर्न निर्देशन दिइसकेको छु।
स्थानीयले अब तत्काल सुधार नभए थप चरणको आन्दोलन गर्ने चेतावनीसमेत दिएका छ