राम कुमार शर्मा / एनभी खबर / असार ३१ मङ्गलवार


रङ्गीले अस्पतालले आफूलाई सुधार गर्नुपर्ने अवस्थादेखि आफूबाट अन्य अस्पतालहरूले सिक्नुपर्ने सम्मको यात्रा पूरा गरेको छ।

मोरङको रङ्गेली नगरपालिका ७ स्थित रहेको रङ्गेली अस्पतालले दिनदिनै आफ्नो पूर्वधार र सेवा सुविधाहरूमा गुणस्तरीय थप्दै देशकै उत्कृष्ट र नमुना अस्पताल बन्न सफल भएको छ।


न्यूनतम स्वास्थ्य सेवा मापदण्ड प्रणालीको टोलीले गरेको सर्वेक्षणको आधारमा रंगली अस्पतालले ८६ अङ्क प्राप्त गरेको छ। पालिका स्तरमा सञ्चालित अस्पतालले ८६ अङ्क ल्याउनु देशकै उत्कृष्ट अस्पतालको सूचीमा आउने गर्छ।

नेपाल सरकारको जनसङ्ख्या मन्त्रालयद्वारा सञ्चालित यस न्यूनतम स्वास्थ्य सेवा मापदण्ड टोलीद्वारा गरिएको सर्वेक्षणमा अस्पतालले यो भन्दा अगाडि २०७८ मा ५३ अङ्क २०७९ मा ४५ अङ्क २०८० मा ८० अङ्क र २०८१ मा पूर्ण ८० अङ्क प्राप्त गरेको थियो।


तर यसपटक २०८२ मा ८६ अङ्क प्राप्त गरेर देशकै उत्कृष्ट र नमुना अस्पताल को सूचीमा नाम आएपछि, भावुक हुँदै रङ्गेली नगर प्रमुख दिलिप कुमार अग्रवालले “आफू २०७४ मा रङ्गेली नगरपालिकामा जनप्रतिनिधि भएर आएपछि, यस अस्पताल बाट एन.एस.एस. का लागि धनकुटा गएको थियो। र त्यहाँको अस्पताल देखेपछि आफ्नो अस्पताल प्रति मलाई नै लाज लाग्न थालेको थियो। त्यही दिन मैले अठोट गरे। रंगेली अस्पताललाई पनि उत्कृष्ट अस्पताल बनाएरै रहन्छु। जसको परिणाम स्वरूप अस्पताललाई ८६ अङ्क प्राप्त गर्नका लागि अहिलेसम्म साथ दिनुभएका मेरा डाक्टर अस्पतालका सम्पूर्ण टोली तथा नगरपालिकाको कर्मचारी सहित सम्पूर्ण ले मिलेर जनप्रतिनिधिलाई सहयोग गरी अस्पतालको नाम उच्च पार्न गर्नुभएको मेहनत र योगदानको लागि धेरै धेरै धन्यवाद तथा अभिवादन” व्यक्त गर्नुभएको छ।


कार्यक्रममा कोशी प्रदेश स्वास्थ्य सचिव राधिका थपलिया, धनकुटा जिल्ला अस्पतालका डा. पुजन विश्वकर्मा, सुनसरी जिल्ला अस्पतालका डा. वैभव मल्लिक, डा. पशुपति खनाल, आस्था थापा सहितले रंगेली रङ्गेली अस्पतालले स्वास्थ्य क्षेत्रमा एउटा महत्वपूर्ण भूमिका खेल्दै प्रदेश तथा देशको अन्य अस्पतालहरूको भारलाई कम गर्न तथा मोरङको पूर्वी क्षेत्रका सेवाग्राहीहरुलाई सहज र विश्वासिलो सेवा प्रदान गर्न सफल अस्पतालको रुपमा रहेको बताउनुभयो।

उक्त अवसरमा मेयर दिलिप बगडिया, उपमेयर भुमा पराजुली, कार्यकारी अधिकृत प्रदीप कुमार साह, नगर स्वकीय सचिव , वडा अध्यक्ष रामचन्द्र मण्डल, अस्पतालका मेसु डा. बसन्त साह, व्यवस्थापन समितिका अध्यक्ष देवमणि कटुवाल, सदस्य पुरुषोत्तम काफ्ले, अजिम आलम, विभिन्न शाखाका चिकित्सक, ईन्चार्ज, कर्मचारी र विभिन्न वडाका वडा अध्यक्ष तथा सदस्यहरूको समेत उपस्थिति रहेको थियो।

0
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *