रंगेली – मोरङ्गको रंगेली अस्पतालमा अबदेखि क्यान्सर रोगसम्बन्धी विशेषज्ञ सेवा सञ्चालन हुने भएको छ। रंगेली अस्पताल र विराटनगरस्थित विराट टिचिङ अस्पतालबीच भएको सहकार्य सम्झौता अनुसार, प्रत्येक महिनाको अन्तिम बुधवार रंगेली अस्पतालमा क्यान्सरसम्बन्धी विशेषज्ञ OPD सेवा प्रदान गरिनेछ।

सम्झौताअनुसार उक्त सेवा विराट टिचिङ अस्पतालका विशेषज्ञ चिकित्सकहरूको समन्वयमा सञ्चालन गरिनेछ। यस कदमले स्थानीय स्तरमै क्यान्सरजस्ता जटिल रोगहरूको प्रारम्भिक जाँच, परामर्श र उपचारको सुविधा सुनिश्चित गर्ने अपेक्षा गरिएको छ।

सम्झौतामा रंगेली अस्पताल व्यवस्थापन समितिका अध्यक्ष तथा सदस्यहरू, मेडिकल सुपरिन्टेन्डेन्ट, विशेषज्ञ चिकित्सकहरू, अस्पताल कर्मचारीहरू र विराट टिचिङ अस्पतालका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।

स्वास्थ्य सेवाको पहुँच बढाउने उद्देश्यसहित सुरु गरिएको यस सहकार्यबाट मोरङ र आसपासका क्यान्सर पीडितलाई ठूलो राहत मिल्ने विश्वास गरिएको छ।


0
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *