देवनारायण शर्मा
बिराटनगर, ०१ असार
🕒 राति २:२२ बजे | मोरङ – रङ्गेली नगरपालिका–७ | हुलाकी सडक
मोरङको रङ्गेली नगरपालिका – ७ स्थित संसारी माई मन्दिरको अगाडि कुखुराको दाना बोकेको पिकअप गाडी डिभाइडरमा ठोकिएर पल्टिँदा चालकको घटनास्थलमै मृत्यु भएको छ।
🚛 डिभाइडरमा ठोकिएर पल्टियो गाडी
विराटनगर महानगरपालिकाबाट आमबारीतर्फ कुखुराको दाना बोकेर जाँदै गरेको को २ च १३०० नम्बरको महेन्द्र पिकअप भेन अनियन्त्रित भई हुलाकी सडकखण्डमा रहेको डिभाइडरमा ठोकिएर पल्टिएको हो।
🧍♂ चालक सिटमै च्यापिएर मृत्यु
गाडी पल्टिँदा चालक सिटमै च्यापिएर गम्भीर घाइते भएका थिए। बेलबारी–७ निवासी करिब ४५ वर्षीय तेजराज खनालको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय रङ्गेलीले जनाएको छ।
🚑 तीन जना सकुशल, शव पोस्टमार्टमका लागि पठाइयो
गाडीमा चालकसहित चार जना सवार थिए। अन्य तीन जना सकुशल रहेका छन् भने उनीहरूलाई कुनै चोटपटक लागेको छैन।
दुर्घटनापछि इलाका प्रहरी कार्यालय रङ्गेलीबाट प्रहरी टोली घटनास्थलमा पुगेको थियो। चालकको शव पोस्टमार्टमका लागि रङ्गेली अस्पताल पठाइएको इलाका प्रहरी निरीक्षक नरेन्द्र कुमार बोगटीले जानकारी दिनुभयो।