रंगेली | मोरङको रंगेली नगरपालिका वडा नं. २ र ९ मा निर्माण हुन लागेको दोस्रो चरणको खानेपानी आयोजनाको शिलान्यास सोमबार सम्पन्न भएको छ।
नेपाल सरकारका खानेपानी मन्त्री माननीय प्रदीप यादवले एक कार्यक्रमबीच आयोजना गरिएको शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै रंगेलीवासीका लागि यो आयोजना महत्वपूर्ण हुने उल्लेख गरे।
संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना विराटनगरमार्फत सञ्चालित उक्त आयोजना ‘दिपेश कन्स्ट्रक्सन प्रा. ली. ले निर्माण गर्नेछ। कुल लागत १० करोड ७ लाख २५ हजार १५३ रुपैयाँ रहेको यस आयोजनाको निर्माण सुरु मिति २०८२ साल बैशाख १० गते र सम्पन्न मिति २०८४ साल कात्तिक ९ गते तोकिएको छ।