कानेपोखरी, बैशाख २२, – सोमबार
नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) को सहायक संगठन योङ कम्युनिस्ट लिग (YCL) नेपालको तेस्रो ऐतिहासिक कानेपोखरी गाउँ सम्मेलनबाट नयाँ नेतृत्व सर्वसम्मत रूपमा चयन गरिएको छ। सम्मेलनबाट बिशुराज राई कानेपोखरी गाउँ कमिटीको अध्यक्षमा चयन भएका छन्।

अध्यक्ष राईको नेतृत्वमा धिरेन लिम्बू र नवराज चौलागाईं उपाध्यक्षमा, सुभास पाण्डे सचीवमा, केवल कटुवाल सहसचिवमा, र सुनिल मैनाली सहित ३५ सदस्यीय कार्यसमिति चयन गरिएको हो।
कानेपोखरी गाउँपालिका–२ स्थित आदिवासी जनजाति भवनको सभाहलमा सम्पन्न भएको सम्मेलनको अध्यक्षता नव निर्वाचित अध्यक्ष बिशुराज राईले गरेका थिए। कार्यक्रममा वाइसीएल नेपालका केन्द्रीय सचिव तथा प्रदेश नं. १ का इन्चार्ज कर्मा पुलामी प्रमुख अतिथि थिए। अन्य विशिष्ट अतिथिमा पार्टी प्रदेश कमिटी सदस्य अम्बिका प्रसाद अर्याल, नेता जयराज संयोग, पार्टीका पूर्व अध्यक्ष मनोज कुमार राजबंशी, र अध्यक्ष दुर्गा कार्की लगायतको सहभागिता रहेको थियो।

स्वागत मन्तव्य मनोज कुमार राजबंशीले राखेका थिए भने अन्य अतिथिहरूले शुभकामना मन्तव्य दिएका थिए। कार्यक्रम सञ्चालन वाइसीएल प्रदेश समिति सदस्य तथा कानेपोखरी इन्चार्ज रोशन थुलुङ राईले गरेका थिए।

कार्यक्रममा करिब १३५ जना युवाहरूको उत्साहजनक उपस्थिति रहेको थियो। नव निर्वाचित अध्यक्ष बिशुराज राईले पार्टी, जनता र समाजप्रति समर्पित हुँदै YCL मार्फत रचनात्मक र सकारात्मक योजना लिएर समाजवादी यात्रालाई अघि बढाउने प्रतिबद्धता जनाए। उनले आगामी निर्वाचनसहित सबै क्षेत्रमा माओवादी पार्टीलाई अग्रस्थानमा पुर्याउने दृढता व्यक्त गरे।