देवनारायण शर्मा
बिराटनगर, ५ चैत
मोरङ जिल्लाको धनपालथान गाउँपालिका वडा नं. ७, कदमाको बोर्डिङ टोलमा भएको भीषण आ*ग*लागीमा मो. हनिफकी तीन वर्षीया छोरी रेश्मा खातुनको जलेर दुः*खद नि*धन भएको छ। आ*गलागीका कारण स्थानीय बासिन्दाहरूको घर, सम्पत्ति तथा जीविकोपार्जनका साधन पूर्ण रूपमा नष्ट भएका छन्।
प्रारम्भिक अनुमान अनुसार, यो आ*ग*लागीबाट करिब ४९ लाख ५० हजार रुपैयाँ बराबरको क्षति भएको छ। यस घ*टनामा १६ वटा घर तथा भान्साघर, एक पसलसहितको गुम्ती, साथै २ हाँस, २ बाख्रा र ४ परेवा समेत ज*लेर नष्ट भएका छन्।

प्रमुख जिल्ला अधिकारी (सिडियो) इन्द्रदेव यादवले मृ*तक परिवारलाई रु. २ लाख तथा अन्य पीडित परिवारलाई प्रत्येकलाई रु. २०,००० राहत दिने घोषणा गर्नुभएको छ। नेपाल रेडक्रस सोसाइटीले खाद्यान्न, त्रिपाल, कम्बल, लत्ताकपडा तथा अन्य आवश्यक सामग्री वितरण गरिरहेको छ।

यस कठिन घडीमा सहयोगी मनहरूसँग हार्दिक अपिल गरिन्छ।
घरवारविहीन परिवारहरूको पुनःस्थापनाका लागि आर्थिक, खाद्य, लत्ताकपडा तथा अन्य आवश्यक सहयोग गर्न इच्छुक महानुभावहरूले स्थानीय प्रशासन, समाजसेवीहरू वा नेपाल रेडक्रस सोसाइटीमार्फत सहायता उपलब्ध गराउन सक्नुहुनेछ।
“तपाईंको सानो सहयोगले उनीहरूको जीवनमा ठूलो आशा र राहत दिलाउन सक्छ।”