आश्विनी कामत/ एनभी खबर
विराटनगर – मोरङ जिल्ला क्रिकेट संघले आउँदो जिल्लास्तरीय यु-१६ क्रिकेट प्रतियोगिताका लागि १४ सदस्यीय टोली सार्वजनिक गरेको छ। संघका सचिव अशोक रेग्मीले शनिवार एक विज्ञप्तिमार्फत टोलीको घोषणा गरेका हुन्।
घोषित टोलीको कप्तानी अनीश राजवंशीले गर्ने छन् भने विकास कामत उपकप्तानको जिम्मेवारीमा रहनेछन्। टोलीमा दुई जना विकेटकिपरसहित विभिन्न स्थानका खेलाडी समावेश गरिएका छन्।
घोषित मुख्य टोलीमा अनीश राजवंशी (कप्तान/विकेटकिपर), विपुल साह, क्षितिज कर्ण उत्सव गुप्ता, मो. सादिक, दानिश राजा (विकेटकिपर), लुषाङ्ग गुरुङ, विकास कामत (उपकप्तान), राजा मण्डल, आकाश यादव, हरेराम सिंह, गगन थापा, कौशल घिमिरे र भास्कर आचार्य रहेका छन्।
संघले चार जना वैकल्पिक खेलाडीको समेत चयन गरेको छ। वैकल्पिक खेलाडीहरूमा रिहान शेख, शिवम झा, रन्धिर कामत र सिदार्थ कुमार कामत रहेका छन्।
अहिले प्रतियोगिताको मिति र स्थान सार्वजनिक नगरिए पनि चयन भएका खेलाडीहरू निर्धारित समयअनुसार प्रशिक्षणमा उपस्थिति हुन संघले अनुरोध गरेका छन्।