मोरङ, साउन १३ – मोरङ प्रहरीले प्रतिबन्धित लागू औषधसहित एक युवकलाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय मोरङको टोलीले साउन १३ गते बिहान करिब ८:२० बजे बेलबारी नगरपालिका–८ बस्ने १८ वर्षीय मनिष कुमारलाई नियन्त्रणमा लिएको हो।

विशेष सूचनाका आधारमा केराबारी गाउँपालिका–७ स्थित दाहाल चौक नजिकै सुबत्रा बिकको घरमा संचालित मेडिकलमा औषधि लुकाइराखिएको भन्ने जानकारी पाएपछि प्रहरीले छापा मारेको थियो। छानबिनका क्रममा Dekolik ब्रान्डका ५,००० थान ट्याबलेट र Tramadol ब्रान्डका ५,००० थान ट्याबलेट बरामद गरिएको प्रहरीले जनाएको छ।
पक्राउ परेका कुमारविरुद्ध लागू औषधसम्बन्धी मुद्दामा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ। पक्राउ र बरामद औषधिको विषयमा थप अनुसन्धान अघि बढाइएको छ।