विराटनगर, ४ ज्येष्ठ, आईतवार

विवेक खतिवडा

मोरङको बिराटनगरमा प्रेस चौतारी मोरङको आयोजना तथा विराटनगर महानगरपालिकाको सहयोगमा ‘डिजिटल मिडिया र एआई’ सम्बन्धि तीनदिने तालिम सम्पन्न भएको छ।

जेठ १ गतेदेखि ३ गतेसम्म भएको तालिमको समापन कार्यक्रममा अघिल्लो बर्ष प्रेस चौतारी नेपालको १० औं महाधिवेशन, कोशी प्रदेशको दोस्रो अधिबेशन, नेपाल पत्रकार महासंघको केन्द्र, प्रदेश र जिल्ला समितिको निर्वाचनबाट प्रेस चौतारी मोरङमा आवद्ध २८ जना पत्रकार विभिन्न पदमा निर्वाचित हुनु भएका थिए । निर्वाचित हुनेलाई प्रेस चौतारी नेपाल मोरङ जिल्ला समितिले सम्मान गरेको छ।

तालिममा पत्रकारहरूको क्षमता विकास, नयाँ प्रविधिको ज्ञान र डिजिटल प्लेटफर्ममा सामग्री प्रस्तुतिका विविध पक्षमा प्रशिक्षक लिलाराज भट्टराई र सन्तोष धमलाले प्रशिक्षण गर्नुभएको थियो।

बदलिँदो सञ्चार परिवेशमा पत्रकारिता थप जिम्मेवार र सशक्त बनाउने उद्देश्यले आयोजित कार्यक्रममा विराटनगर महानगरपालिकाकी उपप्रमुख शिल्पा निरौला कार्की प्रमुख अतिथि रहेकी थिइन्।

कार्यक्रममा प्रेस चौतारी नेपालका केन्द्रिय सदस्य सुमन सुस्केरा, कोशी अध्यक्ष सुमन पुरी, महासचिव बाबुराम भण्डारी, सचिब दिनेश सुब्बा, मोरङ संस्थापक अध्यक्ष दिपेन न्यौपाने र सञ्चारिका समूह कोशी महासचिव जुनु भट्टराई लगायतको उपस्थिति रहेको थियो ।

प्रेस चौतारी मोरङ अध्यक्ष चिना थापाको अध्यक्षतामा भएको कार्यक्रमको संचालन सचिब नबराज भट्टराईले गरेका थिए।

0
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *