देवनारायण शर्मा
विराटनगर २५ फागुन
काठमाडौँ – पूर्वराजा ज्ञानेन्द्र शाहले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आफ्ना समर्थक तथा सर्वसाधारणलाई अभिवादन गरेका छन्। पोखराबाट फर्किने क्रममा आइतवार विमानस्थल पुगेका शाहलाई स्वागत गर्न ठूलो संख्यामा समर्थक तथा सर्वसाधारण भेला भएका थिए।

पूर्वराजा शाह विमानस्थलको मुख्यद्वारमा गाडी रोकेर केहीबेर समर्थकहरूलाई सम्बोधन गरे। उनले गाडीको झ्यालबाट बाहिर निस्केर उपस्थित जनसमुदायलाई नमस्कार गर्दै अभिवादन गरे। उनले लामो समयसम्म हात हल्लाउँदै उपस्थित नागरिकहरूसँग आत्मीयता साटासाट गरेका थिए। पूर्वराजाको आगमनसँगै विमानस्थल परिसरमा सुरक्षाको व्यवस्था कडा पारिएको थियो। समर्थकहरूले “राजा आउ, देश बचाउ” लगायतका नारा लगाइरहेका थिए। शाहले भने कुनै औपचारिक प्रतिक्रिया दिएका छैनन्। उनको यो अभिवादनलाई समर्थकहरूले सकारात्मक रूपमा लिएका छन् भने राजनीतिक वृत्तमा यसबारे विभिन्न अड्कल काटिएको छ।