लेखक: चन्द्रप्रसाद अधिकारी बरिस्ठ प्राध्यापक, लेखक, शिक्षाबिद, बजार विस्लेसक र अनुसन्धानकर्ता

सुनसरी इटहरी–८ मा अवस्थित “हाम्रो टोल विकास संस्था”को आयोजनामा आज जेष्ठ ३ गते शनिबार आयोजित एकदिने नि:शुल्क आँखा जाँच तथा उपचार शिविर सफलतापूर्वक सम्पन्न भएको छ। RUIT FOUNDATION को प्रायोजन र रामलाल गोल्छा आँखा अस्पतालको प्राविधिक सहयोगमा सञ्चालन गरिएको यस शिविरले समाजसेवाको एउटा प्रेरणादायी उदाहरण प्रस्तुत गरेको छ।

कार्यक्रमका संयोजक श्री जीत पौडेलका अनुसार, कार्यक्रम सम्पन्न गर्न प्रचारप्रसार, माइकिङ र सामाजिक सञ्जालमार्फत सक्रिय विज्ञापन अभियान सञ्चालन गरिएको थियो, जसको सकारात्मक प्रभाव देखिएको छ। शिविरमा कुल २८७ जना सेवाग्राहीको उपस्थिति रह्यो, जसमा १३ जनालाई यहि जेष्ठ ८ गते बिहिवार रामलाल आँखा अस्पताल इटहरीमा मोतीबिन्दुको नि:शुल्क शल्यक्रिया हुने, २० भन्दा बढीलाई सहुलियत दरमा चश्मा वितरण, तथा सयौंलाई विशेषज्ञद्वारा आँखाको परीक्षण र परामर्श प्रदान गरिएको थियो।

शिविरमा सहभागीमध्ये सबैभन्दा ज्येष्ठ आमाका रूपमा ९९ वर्षीया मनमाया गुरुङ र ८९ वर्षीय शेषराज अधिकारीको सहभागिता विशेष रूपमा स्मरणीय रह्यो।

शिविरमा वरिष्ठ नेत्र विशेषज्ञ डा. राजेश मेहताको नेतृत्वमा सेवा प्रदान गरिएको थियो। कार्यक्रमको सञ्चालन श्री प्रकाश खरेलले गरेका थिए। टोल सुधारमा सक्रिय हातहरूका रुपमा श्री दुर्गाराज पाहाडी परिक्षण स्थल घरको व्यवस्था, श्री बैजनाथ जैसवालले टेण्ट, टेबल, कुर्सी, लाइटको व्यवस्था, र निवर्तमान अध्यक्ष श्री जितेन्द्र श्रेष्ठले पिउने पानीको नि:शुल्क आपूर्ति गरिदिएका थिए।

कार्यक्रममा हाम्रो टोल विकास संस्थाका अध्यक्ष श्री दिनेश रसाइली, टोल अभिभावक रामचन्द्र आचार्य, बौद्धिक व्यक्तित्व तथा लेखक, अनुसन्धानकर्ता र शेयर बजार विश्लेषक श्री चन्द्रप्रसाद अधिकारी, समाजसेवी, स्थानीय प्रतिनिधि र वासिन्दाहरूको उल्लेखनीय उपस्थिति रह्यो।

कार्यक्रम सफल बनाउन बिगत पाँच दिनदेखि दिनरात खटिरहेका आयोजक सदस्यहरू चित्र सिग्देल, राहुल शोनी, अनिल बर्देबा र टेकनाथ आचार्यको विशेष योगदान रहेको थियो।


यस अवसरमा टोलका सक्रिय युवा श्री लोकेन्द्र भट्टराईले भने, “हाम्रो टोल विकास संस्था सामाजिक दायित्व निर्वाह गर्ने उद्देश्यले यस्ता सेवामूलक कार्यक्रम निरन्तर गर्दै आइरहेको छ। यसपटकको आँखा शिविरले समुदायमा स्वास्थ्य चेतना जगाउनुका साथै सहकार्यको सुन्दर उदाहरण पनि प्रस्तुत गरेको छ।कार्यक्रमको समापनमा आयोजक संस्थाले सम्पूर्ण सेवाग्राही, सहयोगी संस्था, चिकित्सक टोली, स्वयंसेवक र टोलवासीप्रति आभार प्रकट गर्दै भविष्यमा पनि यस्ता कार्यक्रम निरन्तर सञ्चालन गरिने प्रतिबद्धता व्यक्त गर्‍यो।

2
0

By Dev

Leave a Reply

Your email address will not be published. Required fields are marked *