देवनारायण शर्मा
बिराटनगर, ७ चैत

मोरङको – धनपालथान गाउँपालिका वडा नम्बर ६ का स्थानीयवासीहरूले नाला निर्माण र धुलो नियन्त्रणको माग गर्दै थालेको आन्दोलन सहमतिपछि फिर्ता लिने निर्णय गरेका छन्।

आज मोरङका प्रमुख जिल्ला अधिकारी ( सि डि ओ ) इन्द्रदेव यादवको अध्यक्षतामा भएको छलफलमा हुलाकी राजमार्ग इटहरीका योजना प्रमुख युवराज पोखरेल, वडा अध्यक्ष महमद हुसेन रोजित, स्थानीय जनप्रतिनिधिहरू तथा आन्दोलनकारीहरूको सहभागिता रहेको थियो। छलफलपछि विभिन्न विकास निर्माणका योजनाहरू कार्यान्वयन गर्ने सहमति भएको छ।

सहमति अनुसार गरिने कामहरू:

✅ दादरबैरिया चौक (दक्षिण) – १०० मिटर रिटर्निङ वाल निर्माण
✅ सरस्वती स्कुल अगाडि – ढुंगा जाली लगाउने
✅ रामचोक (उत्तर) – ७५ मिटर नाला निर्माण
✅ धुलो नियन्त्रणको लागि समय-समयमा पानी पताउने व्यवस्था
✅ निर्माण कार्य छिटो सम्पन्न गर्ने प्रतिबद्धता

यस सहमतिसँगै आन्दोलनकारीहरूले तत्कालका लागि आन्दोलन स्थगित गर्ने घोषणा गरेका छन्।

आन्दोलनकारीको भनाइ:

“हाम्रो मुख्य माग पूरा गर्ने सहमति भएकाले हामीले आन्दोलन फिर्ता लिएका छौं। यदि समयमा काम सम्पन्न भएन भने हामी पुनः आन्दोलनमा उत्रिनेछौं,” एक स्थानीय अगुवाले बताए।

यस बैठकले स्थानीय समस्याहरू समाधान गर्ने दिशामा ठोस निर्णय गरेको भन्दै, अब सहमतिअनुसार काम हुने आशा गरिएको छ।

2
0

By Dev

Leave a Reply

Your email address will not be published. Required fields are marked *