✍️ चन्द्रप्रसाद अधिकारी
(लेखक बरिष्ठ प्राध्यापक, शिक्षाविद्, विश्लेषक तथा अनुसन्धानकर्ता हुन्)
इटहरी, असार २८ –
सामुदायिक विकास, शिक्षा र प्रतिभा प्रोत्साहनमा सक्रिय हाम्रो टोल विकास संस्था, इटहरी–८ ले आफ्नो टोलभित्रको प्रतिभा पहिचान र सम्मान गर्ने परम्परा कायम राख्दै आज एक विशेष कार्यक्रम सम्पन्न गर्यो।
बी स २०८१ सालको माध्यमिक शिक्षा परीक्षा (SEE) मा सफलता हासिल गर्ने १० जना नानी–बाबु क्रमश आर्यन कार्की, ग्रिस दाहाल, रुविन पाण्डे, बिनिशा सिग्देल, आरोग्य ढकाल, रेखा ओझा, आरजु भट्टराई, कामना बस्नेत, सम्पदा आचार्य र युनिक महतरा तथा १४ वर्ष मुनिको टेबल टेनिस प्रतियोगिता २०८२ मा कोशी प्रदेशस्तरमा तेस्रो स्थान प्राप्त गर्न सफल कबिर आचार्यलाई सम्मान गरिएको हो। उहाँको उपलब्धिलाई टोलकै गौरवको रूपमा लिइएको छ।
यो कार्यक्रम केवल सम्मानको अवसर मात्र नभएर, समुदायभित्रका बालबालिका र किशोर–किशोरीहरूलाई प्रेरणा दिने उद्देश्यले आयोजना गरिएको आयोजक सस्थाको सदस्य श्री जित पौडेल ले हामीलाई बताउनु भयो।
कार्यक्रमको संचालन श्री प्रकाश खरेलले गर्नुभयो भने सभापतित्व टोल बिकासका उपाध्यक्ष श्री रामचन्द्र आचार्यले गर्नुभयो। अतिथिका रूपमा उपस्थित समाजसेवी तथा शिक्षाप्रेमी व्यक्तित्वहरू श्री चन्द्र अधिकारी, पेशल पोख्रेल, गौरी परियार, जितेन्द्र श्रेष्ठ, डिल्ली भट्टराई, जित पौडेल, चित्र सिग्देल लगायतको सहभागिताले कार्यक्रमलाई गरिमामय बनायो।

कार्यक्रममा टोलका बौदिक व्यक्तित्व श्री पेशल पोख्रेलले स्वागत मन्तव्य राख्दै भन्नुभयो, “SEE पास गर्नु केवल अंकको प्रमाण होइन, यो तपाईंको आत्मबल, अनुशासन र निरन्तर मेहनतको फल हो।”
गौरी परियारले प्रेरणादायी सन्देश दिँदै भने, “सपना देख्न नडराउनुहोस्। विश्वास र प्रयासले असम्भव जस्तै देखिने लक्ष्य पनि सम्भव हुन्छ। तपाईँहरूको भविष्य उज्यालो बनोस्।”
चित्र सिग्देलले गहिरो मन्तव्य राख्दै भने, “आजको यो सम्मान केवल अंक र प्रमाणपत्रको उत्सव होइन—यो तपाईंहरूको संघर्ष, हिम्मत र नयाँ यात्रा सुरु गर्ने विश्वासको उत्सव हो।”
उहाँले थपे,
“नयाँ असाइनमेन्ट, नयाँ चुनौती आउँछन्—तर आफूमा दृढ विश्वास राख्नुहोस्, सफलता तपाईँको कदम चुम्नेछ।”
जितेन्द्र श्रेष्ठले सन्देश दिए,“तिमीहरूको सफलता प्रयासको उपज हो। निरन्तर लागिरहे सफलताको ढोका खुल्नेछ। आत्मबल नै तिमीहरूको सबैभन्दा ठूलो सम्पत्ति हो।”
विद्यार्थीहरूको आत्म–अभिव्यक्ति
SEE सफल विद्यार्थी प्रतिनिधि ग्रिस दाहालले धन्यवाद ज्ञापन गर्दै भने, “हामीले ल्याएको GPA भन्दा पनि हाम्रो प्रयास, संघर्ष र निरन्तरताको कदर गरिदिनुहोस्। अभिभाबकहरुले तुलना होइन, समझदारी र प्रोत्साहन गरिदिनुहोस।”
त्येसै गरि बिनिशा सिग्देलले भनिन्,“समुदायबाट यस्तो सम्मान पाउनु हामी सबैका लागि ठूलो प्रेरणा हो। यसले हामीलाई अझ अगाडि बढ्न हौसला दिएको छ।” उनी मिस SEE इटहरी प्रतियोगितामा पनि टप ५ भित्र पर्न सफल भएकीथिईन l
कार्यक्रमले शिक्षा र खेलकुद दुबै क्षेत्रमा सशक्त उपस्थिति जनाउने बालबालिकालाई सम्मान गरेर उनीहरूमा आत्मविश्वास थप्नुका साथै, सम्पूर्ण समुदायमा सकारात्मक ऊर्जा प्रवाह गरेको सहभागीहरूको भनाइ थियो।
यस किसिमका पहलले समाजमा ‘कसैले देख्दैन भन्ने ठाउँमा पनि प्रतिभा छ’ भन्ने भावना बलियो बनाउँदै लैजाने विश्वास आयोजकले व्यक्त गरेका छन्।टोलस्तरीय प्रतिभा सम्मान: SEE सफल विद्यार्थी र टेबल टेनिस विजेता सम्मानित

यस किसिमका पहलले समाजमा ‘कसैले देख्दैन भन्ने ठाउँमा पनि प्रतिभा छ’ भन्ने भावना बलियो बनाउँदै लैजाने विश्वास आयोजकले व्यक्त गरेका छन्।इटहरी, असार २८ –

यस किसिमका पहलले समाजमा ‘कसैले देख्दैन भन्ने ठाउँमा पनि प्रतिभा छ’ भन्ने भावना बलियो बनाउँदै लैजाने विश्वास आयोजकले व्यक्त गरेका छन्।