NV Khabar
विराटनगर ,५ जेष्ठ महिन
कोसी प्रदेशका सांसदहरू चढेको गाडी सोमबार मोरङको कानेपोखरीमा दुर्घटनामा परेको छ। झापाबाट विराटनगरतर्फ आउँदै गरेको गाडी विपरीत दिशाबाट आएको बा ५ च ३५२० नम्बरको कारसँग ठोक्किँदा दुर्घटना भएको हो।

दुर्घटनाग्रस्त गाडीमा प्रदेशसभा सदस्यहरू नम्बरलाल धिमाल, राधाकृष्ण खनाल, मैयाँ श्रेष्ठ र विद्या चाम्लिङ सवार थिए। इलाका प्रहरी कार्यालय पथरीका अनुसार गाडीमा सवार सबै सांसदहरूको अवस्था सामान्य रहेको छ।

दुर्घटनापछि प्रहरी टोली घटनास्थलमा पुगेको थियो र आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।