Nvkhabar / एनबी खबर
बिराटनगर , १० जेष्ठ
नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) को भातृ संगठन कोचिला राष्ट्रिय मुक्तिमोर्चा नेपाल मोरङ जिल्ला अन्तर्गतको कटहरी गाउँ पालिका को ऐतिहासिक प्रथम गाउँ भेला सभ्य र भव्य रूपमा सम्पन्न भएको छ।
कटहरी गाउँ भेला नेकपा (माओवादी केन्द्र) का केन्द्रिय सदस्य, तथा मोर्चाका केन्द्रिय अध्यक्ष ममता ताजपुरिया( राजबंशी) को प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो। उहाँले व्यानर वाचन र क्याण्डल बाली सम्मेलनको औपचारिक उद्घाटन गर्दै कोच समुदायहरूलाई एकजुट भई पहिचानको पक्षमा माओवादी आन्दोलनमा सहभागी हुन आह्वान गर्नुभयो। विशेषतः झापा, मोरङ र सुनसरीका तमाम कोच राजबंशीहरूलाई यो अभियानमा नेतृत्वदायी भूमिका लिन निर्देशन दिनुभयो।

भेला मा मोर्चाका केन्द्रिय अध्यक्ष ममता ताजपुरिया (राजबंशी), मोरङ जिल्ला पार्टी इन्चार्ज कुशल लिम्बू ,संबिधान सभा सदस्य शान्ती देवि राजबंशी , प्रदेश सदस्य ताजिम अन्सारी , कटहरी गाउँ पार्टी उपाध्यक्ष आसराम राजबंशी लगायतको उपस्थिति रहेको थियो।
सम्मेलनका दौरान विभिन्न नेताहरूले कोच समुदायको राजनीतिक, सामाजिक, आर्थिक तथा भाषिक अधिकारका सवालमा एकता र संघर्षको आवश्यकता औंल्याउँदै माओवादी आन्दोलनमै यसको समाधान रहेको बताउनुभयो।

कटहरी गाउँ भेला को अध्यक्षता केन्द्रिय सदस्य अत्यानन्द राजबंशीले गर्नुभयो।
नवगठित कार्यसमिति:
कटहरी गाउँ पालिका-३ मा सम्पन्न ।
अध्यक्ष: शुशिला राजबंशी
सचिव: सुरज राजबंशी
१६ सदस्यीय ।
पार्टी केन्द्रको सर्कुलर अनुसार जेष्ठ २४ गते पूर्वप्रधानमन्त्री तथा पार्टी अध्यक्ष प्रचण्डबाट उद्घाटन गरिने कोचिला राष्ट्रिय मुक्तिमोर्चाको दोस्रो ऐतिहासिक राष्ट्रिय सम्मेलनको तयारी तीव्र गतिमा भइरहेको सन्दर्भमा जिल्ला र स्थानीय तहमा नयाँ नेतृत्व चयनको कार्य आक्रामक रूपमा अघि बढिरहेको छ।
गाउँ भेला लाई व्यवस्थित, सभ्य र प्रभावकारी बनाउन मोर्चाका केन्द्रिय सदस्य तथा मोरङ र सुनसरी जिल्ला समन्वयकर्ता, पार्टीका युवा नेता मनोज कुमार राजबंशीले सक्रिय भूमिका निभाउँदै संचालन गर्नुभएको थियो।