शहीद सुनिल धिमालको घरमै रोपाइँ, शहीद परिवारको सम्मान र राष्ट्रधान दिवसको जनपक्षीय उदाहरण l
✍️ मनोज राजवंसी
(माओवादी केन्द्र कानेपोखारीका पुर्ब अध्यक्ष )
मोरङ, असार १५ –
आज देशभर असार १५ मा २२औ रास्ट्र धान दिवस मनाइँदै गर्दा—कोही मन्त्रीहरू गमलामा धान रोपेर फोटो खिचाइरहेका थिए, कतै सरकारी आयोजकहरूले नक्कली उत्सव देखाइरहेका थिए। तर कानेपोखरी–४ मा आज जे देखियो, त्यो केवल दिवस मात्र थिएन—त्यो एक इतिहास थियो, त्योत्यागप्रति श्रद्धाञ्जली, सहिद प्रति उच्च समान र त्योजनताको पक्षमा उभिएको एक विद्यालय र विश्वविद्यालयको कोर्समा राखेर अध्धयन गराउनै पर्ने कार्यको बिषय थियो ।

नेकपा (माओवादी केन्द्र) कानेपोखरी–४ को आयोजनामा सम्पन्न २२औं राष्ट्रिय धान दिवस जनयुद्धका अमर शहीद कमरेड सुनिल धिमालको परिवारको १६ कट्ठा खेतमा धान रोप्दै, र शहीद परिवारलाई सम्मान गर्दै मनाइयो।

कार्यक्रममा विशेष अतिथि रहनु भएकी नेकपा (माओवादी केन्द्र) की केन्द्रिय सदस्य तथा प्रदेश १ विपक्षी दलकी प्रमुख सचेतक माननीय गीता तिम्सिना (अणु) रहनु भयो l कार्यक्रमामा बोल्दै उनले भनिन्:
“सरकार र सरकारका प्रतिनिधिहरु गमलामा धान रोपेर दिवस मनाउँछन, तर हामीले शहीद परिवारको माटोमा पसिना बगाएका छौं। यही हो सहिदको उच्च समान र साँचो राष्ट्रधान दिवस।”

कमरेड सुनिल धिमालको घरमा धान रोप्न पुगेका प्रदेश १ का जेष्ठ कम्युनिष्ट मञ्चका सदस्य कमरेड खुल्लु राजबंसी ले भावुक हुँदै भने: “शहीदको घर पुगेर खेतमा पसिना बगाउनु, त्यो राजनीति होइन, त्यो जिम्मेवारी हो। आज हामीले त्यो जिम्मेवारी पूरा गरेका छौं।”

कार्यक्रममा उपस्थित कमरेडहरूमध्ये गाउं कमिटी पूर्व सह–इन्चार्ज भोजवीर राजबंसी ले गम्भीर आवाजमा भने: “शहीद सुनिलले रगतले सिँचेको यो माटोमा हामीले पसिना बगाएर बिउ रोप्यौं। यो एउटा खेत मात्र होइन, यो शहीदको सपना साकार गर्ने अभियान पनि हो जुन कार्य अब उप्रान्त निरन्तत नै हुनेछ ।”
उंको भनाई यतिकै मा रोकिएन, उनले अझै भाबुक हुदै थपे,
“राजनीति त्यतिखेर अर्थपूर्ण हुन्छ जब जनताको आँगनमा पसिना बग्छ। आजको कमरेड सुनिल धिमालको घरमा धन रोप्ने कार्यले त्यो अर्थ दिएको छ।”
पार्टी वडा अध्यक्ष चुडामणि भारतीले कार्यक्रमलाई ऐतिहासिक निरुपण गर्दै भने,
“हामी भुईँ मान्छेका सपना बोकेर हिँड्ने मान्छे हौं, र तेही भुईँमै आफ्ना कदम राखेर भविष्य रोप्दै छौं। यो त सुरुवात हो, हामी अझ सशक्त कार्यक्रम लिएर जनताको घरदैलोमा पुग्नेछौं।”
धान रोप्ने कार्यक्रममा शहीद सुनिल धिमालका आमाबुबालाई सार्वजनिक रूपमा सम्मान गर्दै र बीउ सामग्री प्रदान गरियो। सम्मान ग्रहण गर्दै उहाँहरुले भावुक स्वरमा भन्नुभयो,
“छोराले रगत बगाएको माटोमा आज कमरेडहरूले पसिना बगाउनु भयो। खेत रोपिदिनुभयो, सम्झनु भयो—हामी त धन्य भयौ, छोरा भएझैं लाग्यो। यस्तो कार्य निरन्तर भइरह्यो भने २०८४ मा माओवादी केन्द्रले कानेपोखरी गाउँपालिकाको चुनाव सजिलै जित्छ भन्ने लाग्छ। त्यसका लागि अग्रिम शुभकामना दिन चाहान्छौ।”
उक्त भनाइले कार्यक्रममा उपस्थित सबैलाई भावुक बनायो। शहीदको सम्झनासँगै, जनपक्षीय राजनीतिप्रतिको विश्वास र समर्थन अझै मजबुत बनाएको देखियो।
कार्यक्रममा प्रदेश सदस्य साबित्रा आछामी, महिला नेतृ बबिता गुरागाई, नेता मनोज राजबंसी, उपाध्यक्ष गोबिन्द अधिकारी, भूपेन्द्र सुब्बा, वडा २ का अध्यक्ष बमबहादुर राजबंसी, वाइसीएल अध्यक्ष बिसुराज राई, मंगोल अर्गनाइजेसनका युराराज घले लगायत ६० भन्दा बढी कार्यकर्ताहरूको सशक्त उपस्थिति रहेको थियो।

धन रोप्न पुगेका मा. के. गाउ कमिटी उपाध्यक्ष कमरेड गोबिन्द अधिकारीले भावपूर्ण हुदै भने, “जसको छोराले राष्ट्रलाई जीवन दियो, उसको खेतमा पसिना बगाउनु केवल कर्तव्य होइन, यो श्रद्धा हो। देखावटी गमलाको धानभन्दा धेरै गहिरो अर्थ राख्छ यो रोपाइँ।”
यस कार्यक्रमले स्पष्ट सन्देश दिएको छ —
निष्ठा गमलामा होइन, खेतमा फुल्छ।
शहीदका सपना भाषणमा होइन, गह्रामा बिउ रोपेर सम्झनु पर्छ।
राष्ट्रिय दिवस जनताको बीचमै, पसिनासँगै मनाइनु पर्छ।
शहीद सुनिल धिमालको घरमा राष्ट्र दिवसको अनौठो उदाहरण”