विवेक खतिवडा / एनभी खबर
कानेपोखरी, २२ असार । कानेपोखरी २ स्थित दलेलीमा रहेको शिक्षा बिकास माबीमा अध्ययन गर्ने विद्यार्थीलाई कानेपोखरी एकता समाजले शैक्षिक सामाग्री बितरण गरेको छ ।
शुक्रबार बिद्यालयमा एक अौपचारिक कार्यक्रमको आयोजना गरि विद्यार्थीलाई शैक्षिक सामाग्री बितरण गरिएको हो ।
एकता समाजका अध्यक्ष मनोज कार्कीका अनुसार शिक्षा बिकासमा अध्यन गर्ने ५ जना बिपन्न तथा जेहेन्दार विद्यार्थीलाई शैक्षिक सामाग्री प्रदान गरिएको थियो ।
शैक्षिक सामाग्री पाउनेमा कक्षा ३ मा अध्यन गर्ने युनिशा मगर, मनिष ऋषिदेब, कक्षा ४ का मुस्कान चौधरी र कक्षा ५ का तारादेबी धमला र सुरेस उराम रहेका छ्न ।
अध्यक्ष कार्कीका अनुसार विद्यार्थीलाई कपि, डटपेन, पेन्सिल र जमेटी बक्स बितरण गरिएको हो ।
कार्यक्रममा बिद्यालयका प्रधानाध्यापक रुद्र बहादुर निरौला, शिक्षक संजिब खड्का र समाजसेवी मनिष न्यौपानेको उपस्थिति रहेको थियो ।
जेहेन्दार तथा बिपन्न बिद्यार्थी पहिचान गरि शैक्षिक सामाग्री बितरण गर्ने कार्य पहिलो पटक गरेको र यस्ता उदाहरणिय कार्य गर्दै कानेपोखरी एकता समाजलाई अघि बढाउने कार्कीले बताएका छन ।