कानेपोखरी, २५ जेठ | विवेक खतिवडा। | एनभी खबर
। मोरङको कानेपोखरी निवासी एक सशस्त्र प्रहरीको मोटरसाइकल अनियन्त्रित हुदा मृत्यु भएको छ ।
झापाको कमल गाउँपालिकामा सनिवार भएको दुर्घटनामा ४८ वर्षीय नायब निरीक्षक (सई) पुरनलाल राजवंशी को ज्यान गएको हो।
बिहीबार साँझ करिब ७:५५ बजे कमल गाउँपालिका सानो केर्खा स्थित पूर्व पश्चिम राजमार्गमा प्र.१-०२-००५२ प ७०२९ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।
उनी दुर्घटनामा गम्भीर घाइते भएका थिए। उनी हाल इलामस्थित सशस्त्र प्रहरी बलको बीओपी समालबुङ पोष्टमा कार्यरत थिए।
राजवंशी घर विदा सकेर कार्यक्षेत्रतर्फ फर्किँदै गर्दा दुर्घटनामा परेका थिए। गम्भीर घाइते भएका उनलाई उपचारका लागि तत्काल अस्पताल लगिएको थियो। अस्पताल पुर्याउनासाथ राति ९ बजे डाक्टरले मृत घोषणा गरेका थिए।
