कलेजले तेस्रोपटक प्राप्त गर्दै राष्ट्रव्यापी गौरव
✍️ चन्द्रप्रसाद अधिकारी
(लेखक बरिष्ठ प्राध्यापक, शिक्षाविद् तथा विश्लेषक हुन् )
इटहरी, जेष्ठ ६ –
पूर्वाञ्चल विश्वविद्यालय अन्तर्गत सञ्चालन हुने BBA कार्यक्रम (सत्र १११९–१९२३) मा कस्तुरी कलेज, इटहरीकी छात्रा निशा शेर्पाले नेपाल प्रथम स्थान हासिल गरेकी छन्। उक्त ऐतिहासिक सफलता उपलक्ष्यमा कलेजले मंगलबार एक भव्य औपचारिक सम्मान समारोहको आयोजना गर्यो।
पूर्वाञ्चल विश्वविद्यालय योजना, अनुगमन तथा मूल्यांकन महाशाखा प्रमुख डा. उत्तम रेग्मी प्रमुख अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो। उहाँले “शेर्पाको मेहनत, प्रतिबद्धता र सफलता प्रशंसायोग्य भएको बताउँदै भविष्यमा अझै उच्च उपलब्धि हासिल होस्” भन्ने शुभकामना दिनुभयो।
कार्यक्रमको अध्यक्षता कस्तुरी कलेजका अध्यक्ष प्रा. डा. केदार प्रसाद पौडेलले गर्नुभयो। कार्यक्रमा मा बोल्दै पौडेलले भन्नु भयो, “हाम्रो लक्ष्य केवल स्नातक बनाउनु होइन, सक्षम, जिम्मेवार र परिवर्तनशील नागरिक निर्माण गर्नु हो” भन्दै निशालाई उज्जल भविष्यको शुभकामना दिनुभयो। कस्तुरी एकेडेमीका प्रिन्सिपल भूपेन्द्र न्यौपानेले स्वागत मन्तव्य राख्नुभएको थियो। न्यौपानेले विगतका ऐतिहासिक सफलताहरू स्मरण गर्दै भन्नुभयो,
“शैशिक सत्र २००८–२०१२ की सन्चिता कोइरालाले नेपाल टप गर्दै गणतन्त्र नेपालका पहिलो राष्ट्रपति डा. रामवरण यादवबाट प्रमाणपत्र ग्रहण गरेकी थिइन् भने शैशिक सत्र २०१२–२०१६ की सार्थिका तोदीले दोस्रो राष्ट्रपति विद्यादेवी भण्डारीबाट सम्मान प्राप्त गरेकी थिइन्। अब निशा शेर्पाले गणतन्त्र नेपालका तेस्रो राष्ट्रपति रामचन्द्र पौडेलबाट प्रमाणपत्र ग्रहण गर्न लागेकी छन्। यसले कस्तुरी कलेजको शैक्षिक निरन्तरतामा ऐतिहासिक सफलता थपेको छ।”

सोही अवसरमा बोल्दै नेपाल प्रथम बन्न सफल छात्रा निशा शेर्पाले आफ्नो सफलताको सम्पूर्ण श्रेय कस्तुरी कलेज र यहाँका गुरुजनलाई दिँदै भावुकताका साथ भनिन्,
“शिक्षकहरूको समर्पण, कलेजको शैक्षिक अनुशासन, र साथीहरूबीचको सहयोगबिना म आज यहाँसम्म पुग्न सक्दिनथेँ। कस्तुरी कलेजले मलाई पुस्तकको ज्ञान मात्रै दिएँन, जीवन बाँच्ने दृष्टिकोण पनि सिकायो। मेरा गुरुहरू मेरो यात्रा भरि प्रेरणाका दीप बन्नुभयो—जुन उज्यालोमा म आज नेपाल प्रथम बन्न सकें। यो उपलब्धि मेरो मात्र होइन, सम्पूर्ण कस्तुरी परिवारको हो।”

उनले थपिन्,
“जब मेरो नाम नेपाल प्रथमको सूचीमा आयो, सबैभन्दा पहिले मलाई मेरो कलेज, मेरा शिक्षक, र मेरो इटहरी सम्झना आयो किनकि यही माटोले मलाई हुर्कायो, यही संस्थाले मलाई उचाइमा पु¥यायो। म यो कलेजकी छात्रा हुन पाएकोमा गर्व गर्छु।”

कार्यक्रमको औपचारिक समापान पश्चात हामी संग कुरा गर्दै, कस्तुरी कलेजका प्राचार्य प्रेमप्रसाद न्यौपानेले विद्यार्थीको कठिन परिश्रम, कलेज टिमको समर्पण र अभिभावकको भरोसाले नै यस्तो सफलता सम्भव भएको उल्लेख गर्नुभयो। उहाँले थप्नुभयो, “हामी शिक्षकको सफलता तब मात्रै भएको महसुस हुन्छ, जब हाम्रा विद्यार्थीहरूले आफ्नो नाम मात्र होइन, संस्थाको पनि शिर गर्वले उचो बनाउँछन्। निशाको सफलता यही प्रमाण हो।”
त्यसै गरि, कस्तुरी कलेज अफ म्यानेजमेन्टका प्राचार्य कमलेश शर्मा पौडेलले भन्नुभयो, “शिक्षा भनेको केवल किताबी ज्ञान होइन, जीवनका आदर्श निर्माण गर्ने प्रक्रिया हो। निशाले त्यसैको उदाहरण प्रस्तुत गरेकी छिन्।”
कलेजका शिनियर कोर्डिनेटर द्रोण न्यौपानेले आफैंले अध्यापन गराएकी छात्रा BBA तर्फ नेपाल प्रथम बनेकोमा विशेष गर्व व्यक्त गर्दै भन्नुभयो, “यस्ता उपलब्धिहरूले विद्यार्थी र अभिभावक मात्र होइन, हामी शिक्षक, विस्वविध्यालय, इटहरीवासी तथा देशभरका अन्य शैक्षिक संस्थाका लागि पनि यो एक प्रेरणादायी क्षण हो। जुन छात्रालाई मैले पढाएँ, आज उनले नेपाल प्रथम गरेर देखाइन्—मेरो शैक्षिक जीवनको सबैभन्दा गौरवमय क्षण यही हो।”
स्मरण रहओस, कस्तुरी शैक्षिक समूह अन्तर्गत कस्तुरी एकेडेमी (कक्षा १–१२), कस्तुरी कलेज (BBA), र कस्तुरी कलेज अफ म्यानेजमेन्ट (BBS) सञ्चालनमा छन्। यी सबै संस्थाहरू आ–आफ्नै प्राचार्यको नेतृत्वमा उत्कृष्ट शैक्षिक वातावरण प्रवाह गर्दै आएका छन्।
सम्मान समारोहमा प्राध्यापक, कर्मचारी, विद्यार्थी, अभिभावक तथा सञ्चारकर्मीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

कस्तुरी कलेज – जहाँ उत्कृष्टता परम्परा बन्छ।
“हाम्रो लक्ष्य केवल स्नातक बनाउनु होइन, सक्षम, जिम्मेवार र परिवर्तनशील नागरिक निर्माण गर्नु हो।” – कस्तुरीको शैक्षिक दर्शन