देवनारायण शर्मा

विराटनगर, ३ असार

इजरायलको सिफाइम शहरमा रहेका विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले आफू सुरक्षित रहेको जानकारी दिएका छन्। कृषि तथा सहकारी अध्ययन भ्रमणका लागि इजरायल पुगेका उनी हाल यु’द्धको त्रासबीच पनि सुरक्षाका सावधानी अपनाएर बसेका छन्।

इजरायलमा हाल जारी द्वन्द्वका कारण दैनिक ब’म खस्ने खतरा भइरहेका बेला साइरन बज्नेबित्तिकै बं’करमा लुकेर सुरक्षा अपनाउनु परेको उनले बताएका छन्। “साइरन बज्नासाथ बंकरमा जानुपर्ने अवस्था छ। स्थिति तनावपूर्ण भए पनि म सुरक्षित छु,” मेयर कोइरालाले बताए।

उनको भ्रमणको उद्देश्य इजरायली प्रविधि र अभ्यासअनुसारको खेती प्रणाली अवलोकन गर्नु थियो। तर यु’द्ध सुरु भएपछि तय भएको कार्यक्रमहरू स्थगित भएका छन्। कोइरालाले आगामी जुन २० (असार ६) मा नेपाल फर्किने कार्यक्रम तय भएको जानकारी दिए।

उनीसँगै भ्रमणमा सहभागी नेपाली टोलीको अवस्थाबारे विस्तृत विवरण आउन बाँकी छ। यु’द्धको यस्तो संवेदनशील अवस्थाका बीच पनि उनले नेपाल फर्किने दिनसम्म सावधानीपूर्वक बस्ने जनाएका छन्।

0
0

By Dev

Leave a Reply

Your email address will not be published. Required fields are marked *