हाल नेपालमा शिक्षक महासंघको नेतृत्वमा सञ्चालित आन्दोलन २१औँ दिनमा प्रवेश गरिसकेको छ। यो आन्दोलनले शिक्षा ऐन जारी गरि शिक्षकहरु संग बिगतमा भएका सहमति पालन गरि शिक्षाको गुणस्तर, शिक्षकको सुरक्षाको माग र नीतिगत सुधारको आवाज उठाइरहेको भए पनि अपेक्षित जनसमर्थन र निष्कर्षमा पुग्न सकेको छैन। तर पनि आज सम्म आन्दोलन सफल हुन नसक्नुका कारणहरू, सामाजिक धारणा, सरकारको सम्भावित रणनीति, शिक्षक नेतृत्वको चुनौती, र समाधानका सम्भाव्य उपायहरूको विश्लेषण गरिएको छ।
१. आन्दोलनप्रतिको जनधारणा र विफलताको प्रमुख कारणहरू
क. नेतृत्वको दोहोरो व्यवहार र नैतिक संकट
- आन्दोलनको आह्वान गर्ने धेरै शिक्षक नेताहरू आफ्नै विद्यालयमा प्रवेश परीक्षा र भर्ना अभियान चलाइरहेका छन्।
- यस्तो दोहोरो व्यवहारले आन्दोलनप्रति आम शिक्षकहरूमा नै विश्वास गुमाएको महसुस हुनु।
- उदाहरणीय नेतृत्वको अभावले आन्दोलनको नैतिक धरातल कमजोर भएको महसुस हुनु जस्तै दुईदिन अधि सम्म आन्दोलनको भीड़बाट लाग्ने नारा थियो “नालायक शिक्षा मन्त्री राजीनामा दे। नालायक प्रधानमन्त्री राजीनामा राजीनामा दे”। शिक्षा मन्त्रीको राजीनामा पछि शिक्षकहरुको नेतृत्व बाट आएको प्रतिक्रिया “एउटा आशा लाग्दो, ईमानदार र केहि गर्न खोज्ने माँन्छे हुनुहुन्थ्यो बर्तमान शिक्षा मन्त्री विद्या भट्टराई।” आखिर कसैलाई कति छिटै सानै कुरामा राक्षसिकरण अनि फेरि सानै कुरामा देवत्वकरण गरिन्छ?
ख. विद्यार्थी र अभिभावकप्रतिको गैरजिम्मेवार सोच
- एक शैक्षिक सत्र सम्पन्न हुँदै गर्दा परीक्षा सञ्चालनमा असहयोग गर्नुले विद्यार्थी र अभिभावक प्रतिको मनोबल गिराउने काम हुदै गरेको बुझ्न नसक्नु र उनीहरुको भविष्यमा असर पार्नु आन्दोलनको नकारात्मक पक्ष बनेको छ।
- आन्दोलनले शिक्षकहरूको अधिकारका लागि आवाज उठाए पनि, शिक्षाको केन्द्रमा विद्यार्थी र अभिभाबक पनि हुनु पर्ने आधारभूत मान्यतालाई बेवास्ता गरेको छ।
ग. राजनीतिक रणनीति नबुझ्ने कमजोरी
- एक किसिमले हेर्दा शिक्षकहरुको आन्दोलन लाई निष्क्रिय गर्न नै कतै प्रमले शिक्षा मन्त्रीलाई राजिनामा दिन लगाएको त हैनन भन्ने पनि अनुमान गर्न सकिन्छ? शैक्षिक आन्दोलन सफल नहुने मुख्य कारक भनेको यो पनि हुन सक्छ, सबै बिद्यालय बन्दगरी आन्दोलनमा सरिक हुन अहावान गर्छ्न शिक्षक नेता तर आफनै स्कुलमा प्रवेश शुल्क र भर्ना गरिरहेका छन कठै अन्य शिक्षकहरु अझै उनिहरुको पछि लागेका। यति ठूलो आन्दोलनको प्रतिफलको रूपमा जनताले चिनेका आशालाग्दा मन्त्रीको राजीनामा भएको प्रतिक्रियाले आन्दोलन नै अनिश्चित दिशातर्फ मोडिएको देखिन्छ।
- आन्दोलन चर्किंदै चरम सीमामा पुग्दै गर्दा कतै प्रधानमन्त्री कै ईसारामा तत्कालीन शिक्षामन्त्री विद्या भट्टराईको राजीनामा एक प्रकारको ‘सरकारी बलि’ हो कि भनि सरकारले चालेको रणनीतिको गहिरो विश्लेषण गरि प्रतिक्रियात्मक होइन, रणनीतिक प्रतिक्रिया दिन नसक्नु पनि प्रमुख कमजोरी हो।
- यो दृष्टिमा शिक्षा नीतिको मूल मर्मलाई केन्द्रमा राखेर, व्यक्तिगत भन्दा नीतिगत जिम्मेवारीको माग गरिनुपर्छ।
घ. जनसमर्थन अभाव
- अभिभावक, नागरिक समाज र विद्यार्थीमा आन्दोलन प्रतिको समर्थन जुटाउन नसक्नु ।
- आन्दोलनलाई शिक्षकको व्यक्तिगत हितसँग मात्र जोडेर बुझाउने गलत धारणा निर्माण भएको छ।
- यसले आन्दोलनको शक्ति जनस्तरमा फैलिन नदिएको देखिन्छ।
ङ्, एकीकृत संवाद संयन्त्रको अभाब:
- एक स्वतन्त्र संयन्त्र—शिक्षाविद्, नीति विशेषज्ञ, शिक्षक प्रतिनिधि, अभिभावक र सरकारको साझा कार्यदल—गठित गरिनुपर्छ।
- नियमित संवाद, आलोचना र सुझाव विनिमय हुने संयन्त्रले दुवै पक्षको विश्वास बनाउँछ र दिगो समाधानको बाटो खोल्छ।
- आन्दोलनका मागहरू सूचीकृत, दस्तावेजीकृत गरी समयसीमा तोकिएको संवाद प्रक्रिया आवश्यक हुन्छ।
- सरकार र आन्दोलनकारी बीच स्थायी संवादको अभावले समस्या झन गहिरिन्छ।
२. आन्दोलन सफल बनाउने सम्भाव्य उपायहरू
क. नेतृत्वमा पारदर्शिता र उदाहरणीय व्यवहार
- आन्दोलनका अगुवा स्थानीय, जिल्ला, प्रदेश, केन्द्रीय नेतृत्वहरूले आफ्नै विद्यालयमा पनि आन्दोलन लागू गर्नुपर्छ।
- एक शिक्षकले ‘कथा होइन, आचरण’ बाट नेतृत्व गर्नु आवश्यक छ।
- आन्तरिक अनुशासन समिति गठन गरेर आन्दोलनमा सामेल सबैको व्यवहार अनुगमन गरिनुपर्छ।
ख. विद्यार्थी प्रति उत्तरदायी आन्दोलन मोडल
- विद्यालय बन्द, तर परीक्षा सञ्चालन हुने खालको लचिलो मोडल विकास गर्न सकिन्छ जस्तै आन्दोलनमा केही शिक्षकहरु सहभागी बनि बाकी कहिले परिक्षा संचालन गरि बिद्यार्थीहरुको मनोबिज्ञान जित्न सक्नुपर्ने थियो।
- आन्दोलनका केही दिन कक्षाहरू सञ्चालन गरेर बाँकी दिनमा आन्दोलनमा सहभागी हुने चक्रव्यूह मोडलले विद्यार्थीलाई न्यूनतम असर पार्न सक्छ।
- मूल्यांकन प्रक्रियामा, विशेषतः नतिजा प्रकाशन, फाइल मूल्यांकन, परीक्षा निरीक्षण जस्ता जिम्मेवारी बहिस्कार गरेर पनि दबाब सिर्जना गर्न सकिन्छ—“पढाउने होइन, रोक्ने ठाउँ खोजौं।”
- आन्दोलनको सन्देशलाई शिक्षकको व्यक्तिगत हितको आन्दोलन होइन, सम्पूर्ण शिक्षाको गुणस्तर र भविष्यको आन्दोलन भनेर व्याख्या गर्नुपर्छ।
ग. सरकारी रणनीतिप्रति सजगता र जवाफदेहिता
- मन्त्रीको राजीनामा सरकारको आन्दोलनप्रतिको जिम्मेवारी होइन, जनधारणा विचलन गर्ने कूटनीतिक चाल पनि हुन सक्छ।
- आन्दोलनको मागहरू केवल व्यक्तिमा केन्द्रित नहुने गरी नीति र संरचनागत परिवर्तनमा लक्षित हुनुपर्छ।
घ. अभिभावक र नागरिक समाजको समर्थन हासिल गर्ने रणनीति
- संवाद कार्यक्रम, प्रेस विज्ञप्ति र खुला पत्रमार्फत आन्दोलनको उद्देश्य अभिभावकहरूमा स्पष्ट गरिनुपर्छ।
- अभिभावक समूह, नागरिक समाज, पूर्व विद्यार्थी संघहरूलाई संवादमा ल्याउने रणनीति बनाउन सकिन्छ।
- “हामी तपाईँका छोराछोरीको भविष्यमा काम गरिरहेका छौं, बर्बादीमा होइन” भन्ने सन्देश जनस्तरसम्म पुर्याउन सक्नुपर्छ l
- ‘शिक्षकको आन्दोलन शिक्षाको पक्षमा हो’ भन्ने धारणा फैलाउनु आवश्यक छ।
ङ. संवाद संयन्त्रको स्थापना
- शिक्षा मन्त्रालय, शिक्षक महासंघ, नागरिक समाज, शिक्षक संगठन र अभिभावक प्रतिनिधिको संयुक्त संवाद समिति गठन गरिनुपर्छ।
- आन्दोलनका मागहरू दस्तावेजीकृत गरी चरणबद्ध वार्ता प्रक्रिया अगाडि बढाउनु अत्यावश्यक छ।
३. आन्दोलन सुदृढीकरणका लागि ठोस कार्ययोजना (Action Plan Summary)
उद्देश्य | उपायहरू |
नैतिक नेतृत्व | आफ्नै विद्यालयमा आन्दोलन लागू गर्ने, आचारसंहिता बनाउने |
विद्यार्थी हित | लचिलो तालिका, परीक्षा सञ्चालन निरन्तरता, मूल्यांकन बहिष्कार |
जनसमर्थन | अभिभावक–शिक्षक संवाद, मिडिया संलग्नता, नागरिक समाजसँग सहकार्य |
संवाद संयन्त्र | संयुक्त वार्ता समिति, मागपत्र दस्तावेजीकरण, सार्वजनिक प्रतिवेदन |
अनुगमन | दैनिक समिक्षा बैठक, रणनीति परिमार्जन प्रक्रिया |
निष्कर्ष
नेपालमा शिक्षक आन्दोलनको आधार बलियो भए पनि नेतृत्व, रणनीति र जनसहभागिताको कमजोर समन्वयले यसलाई सफल बन्नबाट रोकेको देखिन्छ। शिक्षक समुदायले यदि आन्तरिक अनुशासन, जनउत्तरदायित्व र नीति केन्द्रीत दृष्टिकोण अपनाउन सके, यो आन्दोलन नेपालमा शिक्षा क्षेत्रको ऐतिहासिक परिवर्तनको आधार बन्न सक्छ। शिक्षा भनेको युवा पुस्ताको सपना हो। त्यसलाई जोगाउने आन्दोलन सफल होस् भन्नका लागि आवाज मात्रै होइन, विश्वास र प्रतिबद्धता पनि चाहिन्छ।