देव नारायण शर्मा
बिराटनगर, १० वैशाख

मोरङको विराटनगर महानगरपालिका अन्तर्गत माओवादी केन्द्रबाट मो. आजम शेखले सचिव पदमा उम्मेदवारी घोषणा गरेका छन्। यसअघि उहाँले पार्टीमा कोषाध्यक्षको जिम्मेवारी सम्हालिसक्नु भएको थियो।

आगामी अधिवेशनलाई लक्षित गर्दै पार्टीभित्र सशक्त नेतृत्व निर्माण र संगठन सुदृढीकरणका लागि आफू सचिव पदमा उम्मेदवार भएको अन्सारीले बताए। “कोषाध्यक्षको जिम्मेवारीमा रहँदा पार्टी र जनताबीच विश्वासको सेतु बनाउने प्रयास गरें, अब सचिवको रूपमा अझ फराकिलो रूपमा काम गर्न चाहन्छु,” आजमले भने।

अधिवेशनको तयारी तिब्र रूपमा भइरहेको आजमको भनाइ छ। “हामी संगठनभित्र एकता, युवाको सहभागिता र जनसमस्याको समाधानमा केन्द्रीत भएर काम गरिरहेका छौं,” उहाँले थपे।

सचिवमा निर्वाचित भएपछिको प्राथमिकतामा संगठन विस्तार, जनतासँगको प्रत्यक्ष संवाद, र राजनीतिक जागरण अभियान रहेको उहाँले उल्लेख गर्नुभयो। हेर्नुस उहासंगको कुराकानी…

0
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *