माघ ६, विराटनगरमा पहिलोपटक ‘मेयर कप अन्तरविद्यालय फुटबल प्रतियोगिता २०८२’ आयोजना हुने भएको छ। प्रतियोगिता २०८२ साल माघ ६ गतेदेखि सुरु भई माघ ११ गते समापन हुने आयोजकले जनाएको छ।

विराटनगर महानगरपालिकाको मुख्य प्रायोजनमा हुन लागेको उक्त प्रतियोगिताको अध्यक्षता विराटनगर महानगरपालिकाका वर्तमान मेयर नागेश कोइरालाले गर्नेछन्। प्रतियोगिताको संयोजन आदर्श माध्यमिक विद्यालयले गरेको हो।

मेयर कप फुटबल प्रतियोगिताका प्रधानाध्यापक तथा संयोजक सन्तोष पोखरेलले प्रतियोगितामा विराटनगरका विभिन्न विद्यालयका २५ टिमको सहभागिता रहने जानकारी दिए। उनका अनुसार प्रतियोगिताअन्तर्गत जम्मा २४ खेलहरू सञ्चालन हुनेछन्।

प्रतियोगितामा विजेता टिमलाई नगद १ लाख २५ हजार रुपैयाँ, उपविजेता टिमलाई ७५ हजार रुपैयाँ प्रदान गरिनेछ भने तेस्रो र चौथो हुने टिमलाई जनही ३५ हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ।

संयोजक पोखरेलले विद्यार्थीहरूलाई अध्ययनसँगै खेलकुदमा पनि ध्यान दिन आग्रह गर्दै फुटबलजस्ता खेलले स्वास्थ्य जीवन र राम्रो करियर निर्माणमा सहयोग पुर्‍याउने बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *