मिलन काफ्ले
२४ मंसिर,पाल्पा।
रम्भा गाउपालिका ले लैङ्गिक हिंसा बिरूद्धकाे १६ दिने अभियान अन्तर्गत नाेभेम्बर २५ देखि डिसेम्बर १० सम्म विभिन्न रचनात्मक कार्यक्रम हरू संचालन गरेर सम्पन्न गरेकाे प्रमुख प्रशासकिय अधिकृत वीर बहादुर पुन ले बताउनु भयाे।

गाउपालिकाले आफ्ना ५ वटै वडा कार्यालयरू मार्फत – “म हिंसा गर्दिन, म हिंसा सहन्न, हिंसा भएकाे देखेमा प्रतिकार गर्छु” भन्ने प्रतिबद्धता व्यानरमा सराेकारवाला सबैलाइ हस्ताक्षर गराइ प्रतिबद्ध गरायकाे थियाे ।

अभियानकाे अन्तिम दिन “प्रबिधिकाे सहि प्रयाेग गराै, लैङ्गिक हिंसा अन्त्य गराै” भन्ने बिषयमा वडा स्तरिय तथा माध्यमिक बिध्यालय स्तरिय बक्तृत्वकला प्रतियाेगिता कार्यक्रम उत्साहजनक सहभागितामा सम्पन्न गरेकाे थियाे।


वडा स्तरिय प्रतियाेगितामा ४ नं वडा हुमिनका प्रतियाेगी भगवती तिमल्सेना खनाल तथा बिध्यालय स्तरमा अमृत पब्लिक मा. बि.पिपलडांडाका सन्ध्या नेपालि ले प्रथम स्थान हासिल गर्नुभयकाे थियाे।


अभियानकाे समापन समाराेहमा महिला संजाल सचिव शान्ति पराजुलि,शिक्षा शाखा प्रमुख मिना देवि अाचार्य,शिक्षक हेम वहादुर सारू लगायतले शुभकामना दिनुभयकाे थियाे भने कार्यक्रम गाउपालिका अध्यक्ष बिष्णु प्रसाद भण्डारी काे अध्यक्षता तथा गाउपालिकाका अधिकृत बिमला गैह्रे काे सहजिकरणमा सम्पन्न भएकाे थियाे।
