फागुन २१ को निर्वाचनमा भोट माग्न आउने नेताहरुलाई सोध्नै पर्ने प्रश्न मलाई त थाहा छ, हजुरलाई नि? सत्ता, सीप र सत्यको टकरावमा नेपाल

✍️ चन्द्रप्रसाद अधिकारी
(लेखक बरिष्ठ प्राध्यापक, शिक्षाविद्, विश्लेषक तथा अनुसन्धानकर्ता हुन्)

सन् १९५८ को एउटा प्रसङ्गले आज पनि हाम्रो राजनीतिक चेतनालाई कडा झापड हान्छ। भियतनामका राष्ट्रपतिहो चि मिन्हभारत भ्रमणमा जाँदा भारतीय मन्त्रीहरूसँग एउटा रोचक संवाद भएको थियो।

जब भारतीय मन्त्रीहरूले गर्वका साथ भने—“हाम्रो पेशा राजनीति हो,”तब सादा पोसाकमा रहेका हो चि मिन्हले मुस्कुराउँदै भने—“राजनीति त म पनि गर्छु, तर पेशाले म किसान हुँ। बिहान–बेलुका खेतमा पसिना बगाउँछु, दिउँसो राष्ट्रपतिको जिम्मेवारी सम्हाल्छु।”

हो चि मिन्हको यो एउटै वाक्यले स्पष्ट पार्छ:राजनीति ‘सेवा’ हो, ‘जीविकोपार्जनको पेशा’ होइन।तर आज नेपालको ऐनामा हेर्दा यो दृश्य ठ्याक्कै उल्टो र कुरुप देखिन्छ।

१. नेपालमा राजनीति: सेवा होइन, ‘व्यापार’

नेपालमा राजनीतिलाई नै एकमात्र ‘पेशा’ बनाउनेहरूको हालीमुहाली छ। उनीहरू न त किसान हुन्, न श्रमिक, न शिक्षक, न उद्यमी। कतिपयसँग त न ज्ञान छ, न कुनै उत्पादनशील सीप। उनीहरूका लागि शिक्षा र विचार ‘परिवर्तन’ का लागि होइन, बरु भिड उक्साउने र उद्योग-धन्दा ध्वस्त पार्ने ‘हतियार’ मात्र बन्यो।

अचम्मको कुरा त के छ भने—कुनै सीप वा जागिरको प्रोफाइल नभएका व्यक्तिहरू आज देशका अर्बपति र करोडपति छन्। पसिना नबगाई विलासी महलमा बस्ने उनीहरू नै अरूलाई ‘श्रमको सम्मान‘ गर्ने उपदेश दिइरहेका हुन्छन्।

२. नैतिकता हराएको ‘सत्ता’को भोक

महात्मा गान्धीले भनेका थिए—“नैतिकता बिनाको राजनीति विनाशको मार्ग हो।”नेपालमा राजनीति नैतिकताबाट मात्र होइन, श्रम र सीपबाट पनि अलगिएको छ। जब राजनीति ‘कमाइको स्रोत’ बन्छ, तब त्यहाँनीति होइन नाफारसेवा होइन सौदासुरु हुन्छ।

बी.पी. कोइरालाले राजनीतिलाई कहिल्यै व्यक्तिगत उन्नतिको भर्‍याङ बनाएनन्। तर आज, जेल बस्नुलाई नै सबैभन्दा ठूलो ‘योग्यता’ मानिन्छ। कसैले सोध्दैन—“तपाईं जेल किन जानुभएको थियो र जेलबाट फर्केपछि तपाईंको जीवनशैली यति विलासी कसरी भयो?”

३. फागुन २१: भोट होइन, ‘विद्रोह’को दिन

आउँदो फागुन २१ गते हुन लागेको निर्वाचन केवल औपचारिकता मात्र होइन, यो नेपाली जनताको चेतनाको परीक्षा हो। हामी कतिन्जेल यस्ता भ्रममा बाँचिरहने?

  • नयाँहुनेबित्तिकै ‘असल’ मान्ने?
  • अङ्ग्रेजीबोल्नेबित्तिकै ‘विज्ञ’ ठान्ने?
  • चर्का कुरागर्नेबित्तिकै ‘भिजनरी/क्रान्तिकारी” मान्ने?
  • नेता/मन्त्री हुनेबित्तिकै सबै जान्ने ठान्ने?
  • क्यामेरा अघि रुनेबित्तिकै ‘पीडित’ सम्झिने?

यो सतही मूल्याङ्कनको परिपाटीले हामीलाई सधैं अयोग्य शासकहरूको दास बनाइराख्नेछ।

४. अबको प्रश्न: “तपाईंको पेशा के हो?”

फागुन २१ निर्वाचनमा भोट माग्न आउने प्रत्येक नेतालाई एउटा निर्णायक प्रश्न सोध्नुहोस्— “हे नेताज्यू, तपाईंको वास्तविक पेशा के हो?”

यदि जवाफ आउँछ—“राजनीति मात्रै” —भने तत्कालै सोच्नुहोस्:

  • तपाईंकोघर खर्च कहाँबाट चल्छ?
  • तपाईंकोविलासी जीवनको स्रोत के हो?
  • तपाईंकोआयको पारदर्शिता किन छैन?
  • तपाईंकोसन्तानको विदेशको खर्च कसले बेहोर्छ?

किनकि कुनै पेशा, कुनै व्यवसाय, कुनै सीप बिना राजनीति मात्र गर्ने व्यक्ति प्रायःसत्तामा टिकेर कमाउने प्रणालीको उत्पादनहुन्छ।

निष्कर्ष:हो चि मिन्ह किसान थिए, गान्धी वकिल थिए, मन्डेला अधिवक्ता थिए। उनीहरूले राजनीति गरे, तर राजनीतिलाई ‘दुहुनो गाई’ बनाएनन्। नेपाललाई पनि अब त्यस्तै नेतृत्व चाहिएको छ— जोखेतदेखि संसदसम्मरकारखानादेखि मन्त्रालयसम्मआफ्नो श्रमको प्रमाणसहित उभिन सकोस्।

इतिहास मौन छ, तर फागुन २१ मा मतपेटिका बोल्नेछ।पेशा भएका ‘सेवक’ छान्ने कि पेशा नै राजनीति बनाएका ‘सौदागर’? निर्णय तपाईंको हातमा!

Leave a Reply

Your email address will not be published. Required fields are marked *