देवनारायण शर्मा
विराटनगर, १० चैत
मोरङको श्री सरस्वती माध्यमिक विद्यालय, धनपालथान-६, दादर बैरियामा Global Money Week 2025 को अवसरमा वित्तीय साक्षरता सम्बन्धी कार्यक्रम सम्पन्न भएको छ। “Think Before You Follow, Wise Money Tomorrow”अर्थात् “कसैको अनुशरण गर्नुपूर्व सोचेर मात्र अनुशरण गरौँ र भोलिका लागि विवेकपूर्ण वित्तीय निर्णय लिऔँ” भन्ने नारासहित आयोजित उक्त कार्यक्रममा बालबालिका तथा युवाहरूको सक्रिय सहभागिता रहेको थियो।

कार्यक्रमका सहभागीहरूसँग अन्तरक्रिया गर्दै उनीहरूलाई सचेत वित्तीय निर्णय लिन प्रेरित गर्ने उद्देश्यले वित्तीय साक्षरता सम्बन्धी प्रशिक्षण प्रदान गरिएको थियो।
कार्यक्रमका सभाध्यक्ष केन्द्रिय कार्यालय आन्तरिक लेखा परीक्षण विभागका विभागीय प्रमुख बिनोद प्रसाद साह रहेका थिए। प्रमुख अतिथिका रूपमा धनपालथान गाउँपालिका वडा नं. ६ का अध्यक्ष मोहम्मद हुसेन रोजित उपस्थित थिए भने, विशिष्ट अतिथि केन्द्रीय कार्यालयका ब्याबस्थापन सूचना प्रविधि विभागका विभागीय प्रमुख कुमोद कुमार मण्डल थिए | अतिथिहरूमा लाघुवित्त्य विभागका वरिष्ठ अधिकृत विजय कुमार मण्डल, श्री सरस्वती मा. वि. का प्रधानाध्यापक श्याम प्रसाद शाह, तथा क्याम्पस प्रमुख रवि राजवंशी रहनुभएको थियो।


कार्यक्रमको सञ्चालन जिल्ला कार्यालय रामचोकका जिल्ला प्रमुख हेम नारायण राजवंशी तथा कर्सिया शाखाका शाखा प्रमुख वासुदेव शाह ले गर्नुभएको थियो।
यस कार्यक्रमले बालबालिका तथा युवाहरूलाई जिम्मेवार वित्तीय निर्णय लिन अभिप्रेरित गर्नुका साथै वित्तीय सचेतना अभिवृद्धि गर्ने महत्वपूर्ण योगदान पुर्याउने विश्वास लिइएको छ।