

देव नारायण शर्मा
बिराटनगर, १३ फाल्गुण
प्रधानमंत्री केपी शर्मा ओलीले आफ्नो आधिकारिक फेसबुक स्टाटसमार्फत शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले खुला गरेको विभिन्न विषयका छात्रवृत्तिहरूमा आवश्यक संख्या नपुगेका कारण केही सिटहरू अझै खाली रहेको जानकारी गराएका छन्। प्रधानमन्त्रीले योग्य विद्यार्थीहरूलाई चाँडो आवेदन दिन आग्रह गर्नुभएको छ।
शिक्षा मन्त्रालयका अनुसार खाली रहेका छात्रवृत्ति सिटहरू निम्नानुसार छन्:
अन्डर ग्रयाजुएट एमबीबीएस: १ जना
पोस्ट ग्रयाजुएट इन्जिनियरिङ: ७ जना
कृषि: ३ जना
पीएचडी इन्जिनियरिङ: १ जना
भेटेरिनरी: १ जना
आइटी: ४ जना
मेडिकल साइन्स: २ जना
कन्जरभेसन: १ जना
प्रधानमन्त्री ओलीले इच्छुक विद्यार्थीहरूलाई एकदुई दिनभित्र आवेदन दिन आग्रह गर्दै शिक्षा मन्त्रालयको आधिकारिक इमेल secretariat.education@moest.gov.np मा आवेदन पठाउन अनुरोध गर्नुभएको छ।
छात्रवृत्तिका लागि आवेदन दिन योग्य विद्यार्थीहरूले यो अवसर गुम्न नदिनुहुन आग्रह गर्दै सरकारले सबै विद्यार्थीलाई यस विषयमा गम्भीर हुन अनुरोध गरेको छ।