देवनारायण शर्मा।

विराटनगर, २४ मंसिर

खगोलविद्हरूले पृथ्वीबाट इतिहासमै पहिलो पटक यति शक्तिशाली ब्ल्याक होल फ्लेयर (विस्फोटन) अवलोकन गरेका छन्, जसको चमक १० खरब सूर्य बराबर मापन गरिएको छ। अनुसन्धानकर्ताहरूका अनुसार एक विशाल तारा सुपरम्यासिभ ब्ल्याक होलको नजिक पुगेपछि त्यसको गुरुत्वाकर्षणले तारा चिरफार गर्दै यस्तो अत्यन्त उज्यालो ऊर्जा उत्सर्जन भएको हो।

यस घटनाले ब्ल्याक होलले कहिलेकाहीँ अत्यन्त तीव्र रूपमा ‘फ्लेयर’ छुट्याउन सक्ने प्रमाणित गरेको वैज्ञानिकहरूको भनाइ छ। यस्तो घटना सामान्यतया शान्त अवस्थामा रहेका ब्ल्याक होलमा देखिने भए पनि यस पटक पहिले नै सक्रिय अवस्थामा रहेको ब्ल्याक होल बाट यस्तो शक्तिशाली विस्फोटन देखिनु वैज्ञानिकहरूका लागि नयाँ रहस्य बनेको छ।

उक्त ब्ल्याक होल पृथ्वीबाट करिब १० अर्ब प्रकाश वर्ष टाढा रहेकोले यसले हाम्रो ग्रहमा कुनै प्रत्यक्ष असर नपर्ने बताइएको छ।

वैज्ञानिकहरूको अनुसार यस खोजले ब्ल्याक होल र तारा–ग्यालेक्सी विकासबारे नयाँ अध्ययनको ढोका खोलिदिएको छ।

By Dev

Leave a Reply

Your email address will not be published. Required fields are marked *