मोरङको धनपालथान गाउँपालिका–४, कर्सिया बजारमा हुलाकी सडक अवरोध स्थगित गरिएको छ। स्थानीय सरकारको रोहबरमा सम्बन्धित पक्षसँग भएको छलफलपछि मंगलबारदेखि निर्माण कार्य नियमित रूपमा अघि बढाउने सहमति भएपछि सडक खुलाइएको हो।

स्थानीय बासिन्दाले निर्माण कार्यमा भइरहेको ढिलाइ र अत्यधिक धुलोका कारण विरोध गर्दै सडक अवरुद्ध गरेका थिए। छलफलपछि ठेकेदारले समयमा काम गर्ने वाचा गरेपछि स्थानीयले आन्दोलन स्थगित गरेका हुन्।

अब मंगलबारदेखि सडक निर्माण तीव्र रूपमा अघि बढ्ने आशा गरिएको छ। यदि वाचा अनुसार काम नभए थप आन्दोलन गरिने चेतावनी स्थानीयले दिएका छन्।

0
0

By Dev

Leave a Reply

Your email address will not be published. Required fields are marked *