देव नारायण शर्मा

बिराटनगर, ९चैत

झापाको बुद्धशान्ती गाउँपालिका-४ स्थित मेची राजमार्गबाट सशस्त्र प्रहरीले १६३६ किलो गाँजासहित दुई जनालाई पक्राउ गरेको छ।

सशस्त्र प्रहरीका सह प्रवक्ता डिएसपी शैलेन्द्र थापाका अनुसार झापाबाट इलामतर्फ गइरहेका को १ ख ५००१ र प्र १–०२–००२ ख ०५८४ नम्बरका ट्रकहरूमा चेकजाँच गर्दा ५७ बोरा गाँजा बरामद गरिएको हो।

ट्रकमा गाँजा भेटिएपछि धनकुटाको शहीदभूमि नगरपालिका-४ निवासी महेश राई र इलामको माईजोगाई गाउँपालिका-२ निवासी ३७ वर्षीय गंगा बहादुर बस्नेतलाई प्रहरीले पक्राउ गरेको छ।

सशस्त्र प्रहरीले बरामद गरिएको गाँजा आवश्यक कानुनी प्रक्रियाका लागि सम्बन्धित निकायमा बुझाइएको जनाएको छ।

1
0

By Dev

Leave a Reply

Your email address will not be published. Required fields are marked *