विराटनगर| अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) मोरङले नयाँ नेतृत्व चयन गरेको छ। नेकपा एमाले निकट यस विद्यार्थी संगठनको जिल्ला अध्यक्षमा वीरेन्द्र घिमिरे सर्वसम्मत रूपमा चयन भएका छन्।

शनिबार विराटनगरस्थित एमाले पार्टी कार्यालयमा सम्पन्न जिल्ला स्तरीय बृहत् भेलाबाट नयाँ जिल्ला कमिटी गठन गरिएको हो। भेलामा विभिन्न क्याम्पसका प्रतिनिधि, विद्यार्थी अगुवा तथा संगठनका पदाधिकारीहरूको उल्लेखनीय उपस्थिति थियो।

घिमिरेको नेतृत्वमा बनेको कमिटीमा चार उपाध्यक्ष चयन भएका छन्—नविन पहाडी, सागर थापा, संगम कन्दङवा र एलिस ओझा। सचिवको जिम्मेवारी मनोज लामा कार्कीले पाएका छन्। सहसचिवमा विप्लव पोखरेल, प्रिती दाहाल, गौरी बस्नेत र छबि श्रेष्ठ चयन भएका छन् भने कोषाध्यक्षमा प्रविन खतिवडाले स्थान पाएका छन्।

२४ सदस्यीय जिल्ला कमिटीमा पुजन न्यौपाने, प्रवेश विष्ट, विशाल बाबु चौलागाईं, अनुप खतिवडा, मिलन खड्का, शकुन्तला काफ्ले, भुवन मंग्राती, देवराज केसी, जेनिसा पौडेल, ज्ञानु अधिकारी, मालती रेग्मी, अनिस पोखरेल र प्रविन ढकाल चयन भएका छन्।

नवनिर्वाचित अध्यक्ष घिमिरेले संगठनलाई विद्यार्थीको आवाज, शैक्षिक सरोकार र जनचेतनाको अभियानमा सशक्त रूपमा सक्रिय बनाउने प्रतिबद्धता जनाएका छन्। उनले जिल्लाभर अनेरास्ववियुलाई संस्थागत रूपमा मजबुत बनाउँदै नेतृत्व विकासमा केन्द्रित हुने बताए।

0
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *