हिन्दू धर्म, संस्कृति तथा हिन्दूत्वको संरक्षण, सुशासन प्रवर्द्धन र स्वधर्म जागरणका उद्देश्यसहित मोरङको रङ्गेली नगरपालिकामा “हिन्दू सम्राट नेपाल”को आगमन भएको छ।

रङ्गेली नगरपालिका–स्थित श्री संसारी मन्दिरको प्राङ्गणमा आयोजित स्थायी युवाहरूको सामूहिक भेलामा विश्व हिन्दू परिषद्का प्रतिनिधि नितेश कुमारको उपस्थितिमा ३ संयोजकसहित २१ सदस्यीय तदर्थ समिति गठन गरिएको हो।
तदर्थ समितिको संयोजकमा अंकुश पासवान, देवनारायण चौधरी र मन्तोष शाह सर्वसहमतिबाट चयन भएका छन्।
समितिले आगामी शनिबार पहिलो बैठक आयोजना गरी मूल समिति गठनको योजना बनाउने तथा हिन्दू समुदायका हकहित संरक्षणका लागि आवश्यक नीति तथा नियम निर्माण गर्ने निर्णय गरेको छ।
