जनकपुरधाम, माघ ५, २०८२ — पूर्व काठमाडौं महानगरपालिकाका मेयर तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र (बालेन) शाह र पार्टी अध्यक्ष रवि लामिछाने मधेस प्रदेशको राजधानी जनकपुरधाममा आयोजित विशाल जनसभामा सहभागी भएका छन्। मेयर पदबाट राजीनामा दिएपछि बालेन शाहको यो पहिलो सार्वजनिक राजनीतिक सम्बोधन हो।

रास्वपाले आयोजना गरेको ‘हामी आयौँ’ जनसभामा हजारौँ सर्वसाधारणको सहभागिता रहेको थियो। भीड व्यवस्थापनमा स्थानीय प्रहरी र स्वयंसेवक टोलीलाई कठिनाइ भएको आयोजकहरूले बताएका छन्।

जनसभालाई सम्बोधन गर्दै बालेन शाहले पहिचान होइन, सही नेतृत्वका आधारमा मतदान गर्न आग्रह गरे। म मधेसी भएकाले घण्टीमा भोट हाल्नुस् भनेको होइन। सही मान्छे सरकारमा आउँदै छन्, सही समय आउँदै छ, सही सरकार बन्नेछत्यसैले घण्टीमा भोट हाल्नुस्,” उनले भने।

उनले जनकपुरधामलाई विवाह गन्तव्य  का रूपमा विकास गर्न सकिने उल्लेख गर्दै अघिल्ला शासकहरूले सम्भावना उपयोग गर्न नसकेको आरोप लगाए। जनकपुरमा विवाह किन हुन सकेन? किन उदयपुर जानुपर्‍यो? यसका लागि अघिल्ला शासक जिम्मेवार छन्,” बालेन शाहले भने। मधेसमा विकासका अपार सम्भावना रहेको उल्लेख गर्दै उनले कार्यक्रममा सबै जातजातिको सहभागिता देखिनु सकारात्मक संकेत भएको बताए।

प्रदेश राजधानी हुँदाहुँदै पनि प्रशासनिक निर्णयका लागि काठमाडौं धाउनुपर्ने अवस्थामाथि प्रश्न उठाउँदै उनले भने, जनकपुर नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत फेर्नुपर्‍यो भने काठमाडौं जानुपर्छ। प्रदेश राजधानी भएर पनि यस्तो किन?”

काठमाडौंमा आफूले गरेको काम उदाहरण दिँदै उनले मन्दिर तथा सांस्कृतिक सम्पदाको संरक्षण र सरसफाइ राष्ट्रिय स्वतन्त्र पार्टीले देशभरि लागू गर्ने दाबी गरे। उनका अनुसार जानकी मन्दिरमा वार्षिक १ करोड पर्यटक भित्र्याउने सम्भावना छ।

जनसभाअघि बिहान बालेन शाह र उनको टोलीले जानकी मन्दिर दर्शन तथा मधेस आन्दोलनका सहिदप्रति श्रद्धाञ्जली अर्पण गरेका थिए।

कार्यक्रममा मैथिली सांस्कृतिक गीत तथा नृत्य पनि प्रस्तुत गरिएको थियो। कार्यक्रमलाई सम्बोधन गर्दै रास्वपा अध्यक्ष रवि लामिछानेले अघिल्ला शासकहरूले मधेसको सपना खोसेको आरोप लगाए। अब संसदको सबैभन्दा ठूलो पार्टी बनेर हामी मधेसको सपना पूरा गर्छौँ,” उनले बालेन शाहलाई संकेत गर्दै, बालेन शाहले नेपाल बनाउनेछन्,” भन्दै आगामी राजनीतिक यात्रामा सहकार्य रहने स्पष्ट पारे। लामिछानेले आफूलाई झुटा मुद्दामा फसाइएको दाबी गर्दै, नडराउनुस्, हामी नेपाल बदल्छौँसुन्दर, समृद्ध र शान्त देश बनाउँछौँ,” भने।

जनसभामा रास्वपाका प्रवक्ता मनीष झा, नेतृ स्वविता गौतम, नेता डी.पी. अर्याल, जेन–जि आन्दोलनका नेता पुरुषोत्तम यादव लगायतले सम्बोधन गरेका थिए। यादवले चुपचाप घण्टी  छाप, अबकी बार बालेन सरकार भन्ने नारा दिएका थिए।

कार्यक्रमकै क्रममा पूर्व सांसद डा. अमरेन्द्र सिंह राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *