रामकुमार शर्मा
रङ्गेली , ४ चैत

रङ्गेली – मोरङ्गको रङ्गेलीमा छोराद्वारा च क्कु प्र हा र गरी बुवा गम्भीर घाइते भएका छन्।

रङ्गेली–७ स्थित भाँडाकुँडाको पसल सञ्चालन गर्दै आएका चन्दन चौधरीलाई उनका ठूलो छोरा अशोक चौधरीले भान्सामा प्रयोग हुने च क्कु प्र हा र गर्दा चन्दन गम्भीर घा इ ते भएका छन्। अशोकले सोमबार दिउँसो करिब ४:०० बजे आफ्नै पसल अगाडि बाटोमै खुलेआम सो घ ट ना घ टा ए का हुन्।

घ ट नाका क्रममा घा इ ते चन्दनलाई उनका सानो छोरा सुभास चौधरी र स्थानीयले उपचारका लागि रङ्गेली अस्पताल लगेका थिए। तर, रङ्गेली अस्पतालमा उपचार सम्भव नभएपछि उनलाई थप उपचारका लागि नवेला शिक्षण अस्पताल, विराटनगर लगिएको छ।

यसैबीच, घ ट ना स्थलबाटै प्रहरीले आरोपी अशोकलाई नियन्त्रणमा लिएको छ। पसलको मालिकाना अधिकारको विषयमा बुवा-छोराबीच वि वा द हुँदै आएको र त्यसकै कारण अशोकले आ क्र म ण गरेको हुनसक्ने स्थानीयले बताएका छन्।

0
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *