मोरङ – रङ्गेलीका महिलाहरू सीप सिक्दै स्वाभिमानी भइरहेका छन्। रङ्गेली नगरपालिकाले महिलालाई आत्मनिर्भर बनाउन विभिन्न समयमा सीपमूलक तालिम सञ्चालन गर्दै आएको छ।

त्यसैअनुसार रङ्गेली ६ का महिलाहरूका लागि तीन महिने आधारभूत सिलाइ कटाइ तालिम सञ्चालन भइरहेको छ। गत वर्ष फागुन ६ गतेदेखि सञ्चालनमा आएको उक्त तालिममा महिलाहरूले कुर्ता सुरुवाल, दौरा सुरुवाल, म्याक्सी, चोलो, फ्रग आदि सिलाइ तथा कटाइको सीप सिकिरहेका छन्।

प्रशिक्षक रेखा शर्माका अनुसार, नगरको सहयोगमा आयोजित यो कार्यक्रमबाट गृह महिलाहरू स्वयं आफ्नो हातमा सीप प्राप्त गर्नेछन्। जसबाट उनीहरूले चाहेमा आफ्ना र आफ्ना घरका लुगाहरू चर्को मूल्यमा बजारमा दिनु पर्दैन, आफैले सिलाउन सक्छन्। उहाँहरू नै चाहेमा कुनै पसल सञ्चालन गरेर राम्रो आम्दानी गर्न सक्छन्। अहिले हाम्रो प्रशिक्षण समापन हुन नपाउँदै यहाँ प्रशिक्षण दिइरहेका केही महिलाहरू गार्मेन्टमा काम पनि पाइसकेका छन्।

0
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *