धनपालथान, मोरङ — मोरङ जिल्लाको धनपालथान गाउँपालिका–६ स्थित श्री सरस्वती माध्यमिक विद्यालय, दादरबैरिया मा मिति २०८२ जेष्ठ १५ गते बिहीबार सञ्चालन हुने भनिएको शिक्षक करार परीक्षा अन्तिम समयमा आएर अचानक स्थगित गरिएको छ। परीक्षा तोकिएको समय बिहान १०:०० बजेदेखि उपस्थित परीक्षार्थीहरू दिउँसोसम्म पनि परीक्षा नहुँदा आक्रोशित बनेका छन्।

धनपालथान गाउँपालिकाभित्रका छवटा विद्यालयले माध्यमिक तह संघीय अनुदानकोटा, प्राविधिक राहत कोटा र प्रारम्भिक तह अस्थायी करार कोटामा शिक्षक पदपूर्तिका लागि विज्ञापन प्रकाशन गरेका थिए। करार शिक्षक छनोट समितिको निर्णय अनुसार परीक्षा श्री सरस्वती मावि, दादरबैरिया मा सञ्चालन गरिने तय भएको थियो।

तर, परीक्षा तोकिएको समयमा सुरु नहुँदा परीक्षार्थीहरूमा असन्तोष र अविश्वास बढेको छ। समयमै परीक्षा नहुँदा केही परीक्षार्थीहरूले प्रक्रिया पारदर्शी नभएको भन्दै परीक्षा बहिष्कारको चेतावनी दिएका छन्।

यही तनावपूर्ण अवस्थामा एनभी खबर का पत्रकार देवनारायण शर्मा समाचार संकलनका लागि विद्यालय पुगेका बेला धनपालथानब-४ मा अव्स्थित श्री शार्दा माध्यमिक विद्यालयका प्रधानाध्यापक रवि राजवंशीले उनीमाथि दुर्व्यवहार गरेका छन्। पत्रकारमाथिको यस्तो शारीरिक दुर्व्यवहारले प्रेस स्वतन्त्रता र अभिव्यक्ति अधिकारमाथि गम्भीर प्रश्न उठाएको छ।

घटनापछि एनभी खबर परिवारले एक प्रेस विज्ञप्ति जारी गर्दै घटनाको कडा भर्त्सना गरेको छ र दोषीमाथि छानबिनसहित आवश्यक कानुनी कारबाहीको माग गरेको छ। यस्तै, स्थानीय सञ्चारकर्मी र पत्रकार महासंघले पनि घटनाप्रति आक्रोश व्यक्त गरेका छन्।

परीक्षा स्थगनको आधिकारिक कारण अझै सार्वजनिक भइनसकेको हुँदा घटनाले शिक्षा प्रशासनको कमजोरी र उत्तरदायित्वहीनतालाई उजागर गरेको छ।

0
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *