बन्द भएका सामाजिक सञ्जाल खुल्नेबन्द भएका सामाजिक सञ्जाल खुल्ने

सरकारले बन्द गरेका सामाजिक सञ्जाल छिट्टै खुल्ने भएका छन्।

सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले जेन–जी आन्दोलनका माग सम्बोधन गर्ने क्रममा सामाजिक सञ्जाल खोल्ने निर्णय भइसकेको जानकारी दिएका हुन्।

उनले भने, “सामाजिक सञ्जाल छिट्टै खुल्छन्। सरकार जेनजीको मागलाई सम्बोधन गर्दै फेसबुक, एक्सलगायत सबै सामाजिक सञ्जाल खोल्ने निर्णयमा पुगेको छ।”

बिहीबार रातिदेखि सूचीकरणमा नआएको भन्दै सरकारले फेसबुक, एक्सलगायत करिब दुई दर्जन सामाजिक सञ्जाल बन्द गरेको थियो।

By Dev

Leave a Reply

Your email address will not be published. Required fields are marked *