nvkhabar
बिराटनगर , ११ वैशाख
जम्मू कश्मीरको पहल्गाममा भएको भीषण आ तं की ह म लापछि भारत सरकारले पाकिस्तानविरुद्ध कडा निर्णयहरू गरेको छ। प्रधानमन्त्री नरेन्द्र मोदीको अध्यक्षतामा आज बसेको क्याबिनेट कमिटी अन सेक्युरिटी (CCS) को आकस्मिक बैठकले तत्काल लागू हुने गरी निम्न निर्णयहरू गरेको हो:
- सिन्धु जल सम्झौता रोक्ने निर्णय: भारतले पाकिस्तानसँग भएको ऐतिहासिक सिन्धु जल सम्झौता हाललाई स्थगित गर्ने निर्णय गरेको छ।
- अटारी सीमाबाट आवतजावतमा रोक: भारत–पाकिस्तान सीमामा रहेको अटारी नाकाबाट हुने सम्पूर्ण आवतजावतमा पूर्ण प्रतिबन्ध लगाइएको छ।
- पाकिस्तानी नागरिकहरूमाथि भिसा प्रतिबन्ध: भारतमा रहेका पाकिस्तानी नागरिकहरूलाई ४८ घण्टाभित्र देश छोड्न भनिएको छ। अबदेखि अर्को सूचना नआएसम्म कुनै पनि पाकिस्तानी नागरिकलाई भारतीय भिसा जारी नहुने स्पष्ट गरिएको छ।
- दूतावास बन्द गर्ने निर्णय: पाकिस्तानस्थित भारतीय दूतावास बन्द गरिनेछ भने भारतमा रहेको पाकिस्तानी दूतावास पनि बन्द गरिने तयारी गरिएको छ।
- पाकिस्तानी कूटनीतिज्ञहरूमाथि निष्कासन: भारतमा कार्यरत पाकिस्तानी कूटनीतिज्ञहरूले ७ दिनभित्र देश छोड्नुपर्नेछ।
सरकारले यी निर्णयहरूलाई आ तं की घ ट नाको प्रत्यक्ष जवाफको रूपमा व्याख्या गर्दै भारतीय सार्वभौमिकता र सुरक्षामाथि कुनै पनि सम्झौता नहुने स्पष्ट संकेत दिएको छ |