अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनरास्ववियु) ले भारतको ओडिशा राज्यको केआईआईटी विश्वविद्यालयमा नेपाली विद्यार्थीमाथि लानचौरस्थित भारतीय दूतावास अगाडि प्रदर्शन गरेको छ ।
प्रदर्शनका क्रममा विद्यार्थीले नेपाली विद्यार्थीमाथि हुने भेदभाव अन्त्य गर्न माग गर्दै नाराबाजी गरेका थिए । उनीहरुले घटनाको छानबिन गर्न सम्बन्धित निकायलाई आग्रह गर्दै नेपाली विद्यार्थीको सुरक्षाका लागि ठोस कदम चाल्न सरकारसँग आग्रह गरेका छन् ।
प्रदर्शनकारीले ‘नेपाली विद्यार्थीमाथिको अन्याय बन्द गर’, ‘विदेशमा नेपालीको सम्मान सुनिश्चित गर’ जस्ता नारा लेखिएका प्लेकार्ड बोकेका थिए ।
नेपाल सरकार र भारतीय दूतावासले यस घटनाबारे अहिलेसम्म कुनै आधिकारिक प्रतिक्रिया दिएको छैन।

4
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *