राम कुमार शर्मा / असार २० शुक्रवार

मोरङ्ग, जसपा नेपालका मधेश प्रदेश अध्यक्ष तथा पूर्व प्रदेश सांसद अशोक यादवलाई पक्राउ गर्न सर्लाहीमा एक हजारभन्दा बढी प्रहरी परिचालन गरिएको छ। जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार, सर्लाही जिल्ला अदालतबाट शुक्रबार दिउँसो यादवको नाममा पक्राउ पुर्जी जारी भएपछि व्यापक प्रहरी परिचालन गरिएको हो।

डिएसपी सरोज राईका अनुसार, यादवलाई जहाँ देखिए पनि तुरुन्त पक्राउ गर्न जिल्लाका सम्पूर्ण प्रहरी युनिटहरूलाई निर्देशन दिइएको छ। “मोबाइल ट्र्याकिङमार्फत यादवको लोकेसन पत्ता लगाउने प्रयास भइरहेको छ,” डिएसपी राईले जानकारी दिए।

यादव र सर्लाहीका प्रहरी प्रमुख एसपी योगेन्द्रकुमार खड्काबीच बिहीबार राति गालीगलौज भएको अडियो सार्वजनिक भइसकेको छ। त्यसपछि यादवको समर्थक समूहले प्रहरीमाथि ढुंगामुढा गर्दै सरकारी गाडी तोडफोड गरेको आरोप लागेका छन्।

सरकारी सम्पत्तिमा क्षति पुर्‍याएको, बाटो अवरोध गरेको तथा प्रहरीको काममा अवरोध सिर्जना गरेको अभियोगमा यादवमाथि पक्राउ पुर्जी जारी गरिएको हो।

0
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *