देवनारायण शर्मा
बिराटनगर, ०४ असार
इरानका सर्वोच्च नेता अयातोल्लाह अली खामेनीले इजरायलसँग कहिल्यै शान्ति सम्झौता नगर्ने घोषणा गर्दै ‘युद्ध सुरु भइसकेको’ दाबी गरेका छन्। उनले सामाजिक सञ्जाल एक्स मार्फत यहूदी शासनविरुद्ध कडा प्रतिक्रिया जनाएका छन्।
यो टिप्पणी अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पका उत्तेजक पोस्टहरूपछि आएको हो। ट्रम्पले खामेनीलाई “सजिलो निशाना” भन्दै इरानलाई चेतावनी दिएका थिए।
यो वाकयुद्धको पृष्ठभूमिमा इजरायलद्वारा जुन १३ मा इरानको आणविक केन्द्रमा गरिएको आक्रमण रहेको छ। विश्लेषकहरूका अनुसार यी अभिव्यक्तिहरूले मध्यपूर्वको भूराजनीतिक तनावलाई झन् चर्काउने संकेत देखिएको छ।