module:1facing:0; ?hw-remosaic: 0; ?touch: (-1.0, -1.0); ?modeInfo: ; ?sceneMode: 32768; ?cct_value: 0; ?AI_Scene: (11, -1); ?aec_lux: 0.0; ?hist255: 0.0; ?hist252~255: 0.0; ?hist0~15: 0.0; ?module:1facing:0; hw-remosaic: 0; touch: (-1.0, -1.0); modeInfo: ; sceneMode: 32768; cct_value: 0; AI_Scene: (11, -1); aec_lux: 0.0; hist255: 0.0; hist252~255: 0.0; hist0~15: 0.0;

साँझको वर्षाले दिलायो केही राहत, बालबालिका र वृद्धवृद्धा रमाइरहेका दृश्य

देवनारायण शर्मा

विराटनगर, २९ जेठ 

पछिल्ला केही दिनदेखि मोरङ जिल्लाको तापक्रम उच्च भएको कारणले सर्वसाधारणको दैनिकी प्रभावित भएको थियोे । गर्मीको कारण जनजीवन अस्तव्यस्त भएका थिए । भने बालबालिकाको पठनपाठनमा समेत प्रतिकूल असर परेको छन।

मोरङका विभिन्न ठाउँका विद्यालयहरूले गर्मीका कारण आजदेखि अस्थायी रूपमा बिदा घोषणा गरेका छन्। अत्यधिक तापका कारण विद्यार्थीहरू विद्यालय जान नसक्ने अवस्थामा पुगेपछि विद्यालय प्रशासनले बिदा दिनु परेको हो।

स्थानीय बासिन्दाहरूले गर्मीबाट राहत पाउने कुनै उपाय नदेखिएको बेला, आज साँझ करिब ५:३० बजे परेको वर्षाले केही राहत मिलेको महसुस गरिएको छ। वर्षासँगै तापक्रममा कमी आएपछि मानिसहरू खुलेर सास फेर्न थालेका छन्।

विशेषगरी बालबालिका र वृद्धवृद्धाहरू वर्षामा रमाइरहेका दृश्यहरू सामाजिक सञ्जालमा समेत देखिन थालेका छन्। वर्षाले शहरको तातोपन घटाएको मात्र होइन, मानिसहरूको मुहारमा मुस्कान पनि ल्याएको छ।

स्थानीय व्यवसायीहरू भन्छन्, “गर्मीका कारण ग्राहक आउन छाडेका थिए, तर अहिले पानी परेपछि वातावरण नै स्वच्छ महसुस भएको छ।”

हाललाई केही राहत मिलेको भए पनि मौसममा फेरि तापक्रम बढ्ने सम्भावना भएकाले स्वास्थ्य र सुरक्षामा सतर्कता अपनाउन विज्ञहरूले सुझाव दिएका छन्।

0
0

By Dev

Leave a Reply

Your email address will not be published. Required fields are marked *