मिलन काफ्ले

वुटवल, ६ वैशाख

पश्चिमी वायुकाे प्रभावले वुटवल लगायत लुम्बिनी प्रदेशका विभिन्न जिल्लामा विहानैदेखि हावाहुरीसहितको अविरल वर्षा भइरहेको छ। लगातारको वर्षाका कारण वुटवलको जनजीवन अस्तव्यस्त बनेको छ।

वर्षाका कारण वुटवलको राजमार्ग चौराहा, गोलपार्क, नेपालगञ्ज रोड लगायतका क्षेत्रहरूमा यात्रु तथा सवारी साधनहरू अलपत्र परेका छन्। बाटोमा पानी जम्दा आवागमनमा समेत समस्या उत्पन्न भएको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार विहान ३० देखि ४० मि.लि. सम्म वर्षा मापन गरिएको छ। महाशाखाले मध्यान्हतिर मौसममा केही सुधार आउने सम्भावना देखिएको जनाएको छ।

तर, आगामी २ देखि ४ दिनभित्र पुनः पश्चिमी वायु सक्रिय भई हावाहुरीसहित भारी वर्षा हुने पूर्वानुमान गरिएको छ। लुम्बिनी प्रदेशका अन्य जिल्लाहरू गुल्मी, पाल्पा, अर्घाखाँची, कपिलवस्तु लगायतका क्षेत्रमा समेत लगातार वर्षा भइरहेको छ।

आज लुम्बिनी प्रदेशको गुल्मी जिल्लामा अहिलेसम्मकै सबैभन्दा बढी ४० मि.लि. वर्षा मापन गरिएको छ। मौसमविद्हरूले वर्षापछि सतर्कता अपनाउन स्थानीयहरूलाई आग्रह गरेका छन्।

0
0

By Dev

Leave a Reply

Your email address will not be published. Required fields are marked *