काठमाडौं — शिक्षकहरूले आफ्ना मागहरू पूरा गराउन माग गर्दै जारी राखेको आन्दोलन आज १३ औं दिनमा प्रवेश गरेको छ। आन्दोलन लम्बिँदै जाँदा सरकारले अझै शिक्षा विधेयक संशोधन नगरेकोप्रति असन्तोष व्यक्त हुँदै आएको छ।
यही विषयमा सामाजिक अभियन्ता ज्ञानेन्द्र शाहीले आफ्नाे फेसबुकमार्फत सरकारलाई संसदको विशेष अधिवेशन बोलाउन आग्रह गरेका छन्। उनले लेखेका छन्, “सडकमा आन्दोलनरत शिक्षकहरूको माग पूरा गर्ने शिक्षा विधेयकले हो। अहिले संसद बन्द छ त्यसैले सरकारलाई अनुरोध गर्दछौँ — संसदको विशेष अधिवेशन बोलाउ र शिक्षा विधेयक संसदबाट पास गरौँ।”

शाहीले सरकारलाई आलोचना गर्दै भनेका छन्, “सरकारमा बसेर उखान टुक्का न हानौँ। शिक्षकहरूको माग पूरा गरौँ।”
उता, शिक्षक संगठनहरूले भने माग सम्बोधन नभएसम्म आन्दोलन जारी राख्ने चेतावनी दिएका छन्। सरकार र शिक्षकबीच वार्ताको प्रयास भए पनि सहमति जुट्न सकेको छैन।