सुधिर कर्ण
बिराटनगर, १४ फाल्गुण

मोरङको विराटनगर महानगरपालिका वडा नम्बर ९, हिमालय रोडस्थित जन आन्दोलन चौकमा बिना फाउन्डेसनको आयोजनामा सरसफाई अभियान सम्पन्न भएको छ। समाजमा स्वच्छता प्रतिको जागरूकता फैलाउने उद्देश्यसहितको कार्यक्रममा इस्थानिया उत्साही युवाहरू सहभागी भएका थिए।

युवाहरूलाई बाटोघाटोमा भएको फोहोर संकलन गरि सरसफाई उन्मुख कार्यक्रम गरायो | जसलाई प्रतिस्प्रधात्मक बनाउन तौल अनुसारले प्रथम, दोस्रो, तेस्रो विजय टिम बनाउने घोसनासाथा सरसफाई सङ्कलन गर्न उस्साहित गरियो, अभियानलाई थप रोचक बनाउन पुरस्कारको समेत व्यवस्था गरिएको थियो। फोहोर सङ्कलन गर्नेहरू मध्ये उत्कृष्टलाई नगद पुरस्कार प्रदान गरिएको थियो, जसअनुसार:

प्रथम स्थान: रु. २५,०००

दोस्रो स्थान: रु. १५,०००

तेस्रो स्थान: रु. १०,०००

कार्यक्रम तथा पुरस्कार वितरणका लागि बिना फाउन्डेसनले कुनै पनि संघसंस्था वा बाह्य स्रोतबाट आर्थिक सहयोग लिएको छैन। फाउन्डेसनकै आफ्नै स्रोतबाट यो कार्यक्रम सञ्चालन गरिएको हो, भन्ने जानकारी ईसा फाउन्डेसनका अध्यक्ष वरुण झाले दिएका छन्।

यो अभियानले युवाहरूलाई सरसफाईप्रति प्रेरित गर्नुका साथै समुदायलाई सफा र स्वस्थ बनाउने सन्देश दिएको छ। आयोजक संस्थाले आगामी दिनहरूमा पनि यस्ता सामाजिक कार्यहरूलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ।

1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *